इच्छाकामना,८ भदौ । हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर चितवनको कुच्छाकामना ३ कुरिनघाटमा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ ।  भदौ १० गते हरितालिका तीजको दिन लोप हुदैँ  गइरहेको सांस्कृतिक परम्परा झल्किने लाखे नाँच,झ्याउरे, चुड्कानाचसहित  विविभन्न मनोरञ्जनात्मक कार्यक्रम हुने भएको  हो ।
साथै विभिन्न स्वादिष्ट खानाका परिकारहरुको स्टल रहने छ । कुरिनघाट बजारमा हुने कार्यक्रम विहान ११ बजेदेखि सुरु हुनेछ ।

कुरिनघाटमा तीजको दिन हरेक बर्ष विविध सांस्कृतिक कार्यक्रम हुदैँ आइरहेको छ ।