अर्थ

पेट्रोलियम पदार्थको भाउ बढ्यो (मुल्य सुचि सहित)

पेट्रोलियम पदार्थको भाउ बढ्यो (मुल्य सुचि सहित)
काठमाडौं, १९ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको हिजो बसेको बैठकले खाना पकाउने एलपी ग्यास बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोलमा एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुई–दुई रुपैयाँ, हवाई इन्धन आन्तरिकमा प्रतिलिटर ५ रुपैयाँ र बाह्यमा प्रतिकिलोलिटर एक सय डलर बढाएको निगमले जनाएको छ । अब पेट्रोल एक लिटरको १ सय ५ रुपैयाँ, डिजेल र मट्टितेल ८३ रुपैयाँ, हवाई इन्धन आन्तरिक ९५ रुपैयाँ पर्ने भएको छ । यसअघि मंसिर २२ ...

उवासंघ चितवनका नवनिर्वाचित पदाधिकारीहरुलाई इच्छाकामनामा बधाई तथा सम्मान

उवासंघ चितवनका नवनिर्वाचित पदाधिकारीहरुलाई  इच्छाकामनामा बधाई तथा सम्मान
चितवन (इच्छाकामना), १७ माघ । ५१औँ साधरण सभाबाट नवनिर्वाचित उद्योग वाणिज्य संघ चितवनका पदाधिकारीहरुलाई इच्छाकामनामा बधाई तथा सम्मान गरिएको छ । बुधबार ईच्छाकामना ३ स्थित सिद्धार्थ होटल चुम्लिङ्टारमा इच्छाकामना उद्योग वाणिज्य संघ मग्लिनले एक कार्यक्रमकाबीच अध्यक्ष सहनलाल प्रधान सहित कार्य समितिलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका नवनिर्वाचित अध्यक्ष सहनलाल प्रधानले उद्योगा वाणिज्य संघको निर्वाचनको संघारमा इच्छाकामना उद्योग वाणिज्य संघको नियम...

मर्स्याङ्दी बहुउदेश्यीय सहकारी संस्था लि.सत्रौँ बर्षमा प्रवेश

मर्स्याङ्दी बहुउदेश्यीय सहकारी संस्था लि.सत्रौँ  बर्षमा प्रवेश
चितवन,२९ पुस ।मर्स्याङ्दी बहुउदेश्यीय सहकारी संस्था लि ईच्छाकामना ५ मुग्लिनले  सत्रौँ बार्षिक  साधारणसभा  सम्पन्न गरेको छ । शनिवार एक कार्यक्रमकाबीच संस्थाको वार्षिक गतिविधिको बारेमा अन्तरक्रिया गरि भावि योजनाका प्रस्तावहरुमा निर्णय गर्न साधारण सभाको आयोजना गरिएको हो । विद्युत उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष नारायण ज्ञवालीको प्रमुख आतिथ्य तथा गाउँपालिकाकी  अध्यक्ष गीता कुमारी गुरुङको विशिष्ट आतिथ्यमा एक कार्यक्रमकाबीच सहकारीको  सत्रौँ बार्षिक  साधारणसभा सम्पन्न भयोे । ...

अघिल्लो सरकारको निर्णय देउवा सरकारले उल्टाउदाँ बूढिगण्डकी आयोजना अन्यौलमा : सांसद अधिकारी

अघिल्लो सरकारको निर्णय देउवा सरकारले उल्टाउदाँ बूढिगण्डकी आयोजना अन्यौलमा : सांसद अधिकारी
गोरखा, २६ पुस ।  गोरखा क्षेत्र नम्बर १ प्रतिनिधि सभाका सदस्य हरीराज अधिकारीले सरकारको निर्णयले बूढिगण्डकी जलबिद्युत आयोजना निर्माणमा अन्यौलता देखिएको बताउनु भएको छ । भिमसेन गाउँपालिका वडा नम्बर ७ स्थित श्री सरस्वती माध्यामिक बिद्यालयको ५८ बार्षिक उत्सव कार्यक्रममा बोल्दै सांसद अधिकारीले यस्तो बताउनु भएको हो । अघिल्लो सरकारले गरेको निर्णय देउवा सरकारले उल्ट्याएका कारण जनतामा आयोजना बन्छ की बन्दैन भन्नेमा अन्यौला बढेको उहाँको भनाई छ । सांसद अधिकारीले नयाँ सरकार गठन हुने बित्...

भैरवी कृषि सहकारी संस्था लि.को अध्यक्षमा पुष्पकुमार

भैरवी कृषि सहकारी संस्था लि.को अध्यक्षमा पुष्पकुमार
गोरखा, २३ पुस । श्री भैरवी कृषि सहकारी संस्था लि.भूम्लिचोकको अध्यक्षमा पुष्पकुमार गुरुङ चयन भएका छन् । संस्थाको कार्यालय गण्डकी गाउँपालिका ६ भूम्लिचोकको प्रांगणमा आज सम्पन्न नवौँ बार्षिक साधरणसभाले गुरुङलाई सर्वसहमतीले अध्यक्षमा चयन गरिएको हो । सभाले उपाध्यक्षमा माया चोपाङ, सचिवमा पूर्ण विक , सह–सचिवमा देउ बहादुर गुरुङ, कोषाध्यक्षमा ईन्द्र बहादुर गुरुङलाई चयन गरेका छन् । यसैबीच सदस्याहरुमा काजिमान सुनार, लक्ष्मण चेपाङ, चन्द्र बहादुर राना, देव बहादुर थापा, बुद्धिमाय गुरुङ र ...

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य बढ्यो मुल्य सुची सहित

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य बढ्यो मुल्य सुची सहित
काठमाडौं, १८ पुस  । फेरि फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ।नेपाल आयल निगम, सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्यवृद्धि गरेको हो। सोमबारराति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको निगमले जनाएको छ।निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक–एक मूल्यवृद्धि गरिएको छ। खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर तीन रुपैयाँ बढाइएको छ। नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक ...

नवौँ संस्करणको रत्ननगर महोत्सव कृषि र पर्यटन विशेष, तयारी तीव्र (भिडियो)

नवौँ संस्करणको रत्ननगर महोत्सव कृषि र पर्यटन विशेष, तयारी तीव्र (भिडियो)
  चितवन ११, मंसिर । पूर्वी चितवनको रत्ननगरमा हरेक दुई⁄दुई बर्षमा आयोजना हुने रत्ननगर महोत्सव यो पटक कृषि र पर्यटन विशेष हुने भएको छ । कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको रत्ननगर क्षेत्रको विकासलाई तिव्र रुपमा अगाडी बढाउन प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको सहकार्यमा कृषि र पर्यटन विशेष बनाउन लागिएको हो । https://youtu.be/wXdxozmy3XE   नवौं संस्करणको महोत्सव आगामी पुस २७ गतेदेखि माघ ७ गते सम्म चल्ने महोत्सव क्षेत्रीय रंगशालाका लागि प्रस्तावित टिकौली...

दृष्टिबिहिनलाई न्यानो कपडा दिदै रेवानले मनायो ९ औँ बार्षिकोत्सव (भिडियो)

दृष्टिबिहिनलाई न्यानो कपडा दिदै रेवानले मनायो ९ औँ बार्षिकोत्सव (भिडियो)
  चितवन, ११ मंसिर । चितवनको पर्यटकीय नगरी सौराहामा रहेको क्षेत्रिय रेष्टुरेण्ट एण्ड बार एशोसीयसन नेपाल (रेवान) सौराहाले स्थापनाको ९ औँ बार्षिकोत्सव मनाएको छ । विगतमा संस्थाका सदस्यहरु विचमा मात्रै मनाईएको बार्षिकोत्सवमा यस बर्षदेखि सामाजिक कार्यको समेत थालनी गरेर स्थापना दिवस मनाईएको हो ।   https://youtu.be/FO0CnhJrruU     एक समारोहका विच पूर्वी चितवनको एक मात्र दृष्टिबिहिन बालबालिकाहरु अध्ययन गर्ने झुवानी माविको आश्रयमा रहेका २७ जना...

मनकामना केबलकार २० औँ बर्षमा प्रवेश, यात्रुको चाप बढेपछि तीन वटा डब्बा थप्दै

चितवन, ८ मंसिर । नेपालको पहिलो केबलकार मनकामना केबलकार आज (शुक्रबार)देखि १९ वर्ष पूरा गरि २०औं वर्षमा प्रवेश गरेको छ। । नेपालको पहिलो केबलकार मनकामना केबलकारमा १९ वर्षको अवधिमा १ करोड २९ लाख जना यात्रु चढेका छन्। ०५५ साल मंसिर ८ गतेदेखि व्यवसायिक रुपमा संचालनमा आएको यो केबलकारमा वार्षिक १० लाख यात्रु चढ्ने गरेका छन्।मनकामना मन्दिरसम्म पुग्ने यो केबलकार स्वर्गिय लक्ष्मणबाबु श्रेष्ठले परिकल्पना गरेका हुन्।यो केबलकारले प्रति घण्टा ६ सय यात्रु बोक्न सक्ने कम्पनीका कार्यकारी न...

चेपाङ वालवालिकालाई सुन्धाराका व्यवसायीद्धारा न्यानो कपडा वितरण (भिडियो)

चेपाङ वालवालिकालाई सुन्धाराका व्यवसायीद्धारा न्यानो कपडा वितरण (भिडियो)
चितवन, २ मंसिर । पूर्वी चितवनको रत्ननगरका रहेको बहुचर्चित चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ वालवालिकालाई जाडोमा लगाउने न्यानो कपडा सहयोग गरिएको छ । सुन्धारा होटल व्यवसायी संघ काठमाडौंले वालवालिकालाई जाडोमा लगाउने ज्याकेट,सुर्बाल सहयोग गरेको हो । केन्द्रमा आयोजित कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र संघका अध्यक्ष बुद्धिबहादुर बस्नेतले सयुक्त रुपमा वालवालिकालाई न्यानो कपडा हस्तान्तरण गरेका थिए । सो अबसरमा मेयर रेणु दाहालले केन्द्रका संञ्चाल...