बुढीगण्डकी आयोजना प्रभावितलाई यसै वर्षभित्र मुआब्जा वितरण : ऊर्जामन्त्री पुन
काठमाडौं,१६ भदौ । ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले बुढीगण्डकी जलाशयुक्त आयोजना प्रभावित घर परिवारको मुआब्जा वितरण यसैवर्ष भित्र सक्ने बताएका छन्।
नागरिकहरुको प्रत्यक्ष हटलाइन सेवामा बोल्दै पुनले राष्ट्रिय गौरवको आयोजनालाई सरकारले उच्च प्राथमिकता दिएको बताए। सरकारले नै बनाउने घोषणा गरेको आयोजनाको क्षमता १२ सय मेघावाट हुने बताइएको छ। मुआब्जा र पुनर्वासका लागि करिब एक खर्ब खर्च हुने पुनले बताए। सरकार आफै वा ज्वाइन्ट भेन्चरमार्फत कुन मोडालिटीबाट बनाउने सरकारले छिट्टै निर...