चितवन, २ मंसिर । पूर्वी चितवनको रत्ननगरका रहेको बहुचर्चित चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ वालवालिकालाई जाडोमा लगाउने न्यानो कपडा सहयोग गरिएको छ ।
सुन्धारा होटल व्यवसायी संघ काठमाडौंले वालवालिकालाई जाडोमा लगाउने ज्याकेट,सुर्बाल सहयोग गरेको हो । केन्द्रमा आयोजित कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र संघका अध्यक्ष बुद्धिबहादुर बस्नेतले सयुक्त रुपमा वालवालिकालाई न्यानो कपडा हस्तान्तरण गरेका थिए ।
सो अबसरमा मेयर रेणु दाहालले केन्द्रका संञ्चालक केपिकिरण शर्मांले गरेको काममा प्रशंशा गरिन । महङगीका कारण घरमा छोराछोरीको आवश्यकता पुरा गर्ने जमाना छ उनले भनिन तर केपिकिरणले यति घेरै बालवालिकालाई आवासीय सुविधा सहित अध्ययन गराई रहनु भएको छ ।
सय भन्दा बढि वालवालिकालाई एकै ठाउँमा राखेर लालनपालन गराउने कुरा समान्य होईन उनले त्यो असामान्य कामलाई केपिकिरणले सजिलै गर्नुभएको छ ।
उनले केन्द्रलाई आगामी दिनमा पर्ने समस्या सामाधानको लागि पहल गर्ने बताईन । कार्यक्रममा संघका अध्यक्ष बस्नेतले सीमान्तकृत चेपाङ समुदायका वालवालिकालाई शिक्षा प्रदान गर्ने महाअभियानमा सहयोग गर्न पाउदा आफु खुसी भएको बताए ।
उनले यस्तो सहयोग निरन्तर गर्ने प्रतिबद्धता समेत जनाए ।
संघका उपाध्यक्ष देब गुरुङ, सचिव इश्वरी न्यौपाने, शंकर भण्डारी सहित संघका अन्य पदाधिकारी तथा सदस्यहरु कपडा हस्तान्तरण गर्ने काठमाडौं देखि केन्द्र सम्म आएका थिए । संघले चेपाङ वालवालिकालाई विहानको एक छाक खाना पनि खुवाएको छ ।