चितवन, ८ मंसिर । नेपालको पहिलो केबलकार मनकामना केबलकार आज (शुक्रबार)देखि १९ वर्ष पूरा गरि २०औं वर्षमा प्रवेश गरेको छ।
। नेपालको पहिलो केबलकार मनकामना केबलकारमा १९ वर्षको अवधिमा १ करोड २९ लाख जना यात्रु चढेका छन्।
०५५ साल मंसिर ८ गतेदेखि व्यवसायिक रुपमा संचालनमा आएको यो केबलकारमा वार्षिक १० लाख यात्रु चढ्ने गरेका छन्।मनकामना मन्दिरसम्म पुग्ने यो केबलकार स्वर्गिय लक्ष्मणबाबु श्रेष्ठले परिकल्पना गरेका हुन्।यो केबलकारले प्रति घण्टा ६ सय यात्रु बोक्न सक्ने कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले बताए।
उनका अनुसार तीन वटा गोन्डोला(डब्बा)थप्दैछ।यो डब्बा थपेपछि दैनिक ६ सय यात्रु चढ्न पाउने उनले बताए।‘हामीले यात्रुको चाप बढेकोले क्षमता बढाउन लागेका हौं’उनले बिजमाण्डूसँग भने,यात्रुको चाप थेग्न नसकेपछि तीन वटा डब्बा थप्न लागेका हौं।‘
श्रेष्ठले केबलकार स्थापना हुँदा र अहिलेसम्म स्थानीयको सहयोग महत्वपूर्ण रहेको बताउँदै स्थानीय तहमा आर्थिक सबलीकरण भएको बताए।‘केबलकार रहेको बटम र टप स्टेशनमा होटल र रेष्टुरेन्ट स्थापना भएका छन्।त्यसले स्थानीय तहमा आर्थिक समृद्धिमा बल पुगेको छ’उनले भने,केवलकारले राष्ट्रिय रुपमा पनि राजस्वको ठूलो योगदान दिएको छ।