शिक्षा/स्वास्थ्य

पछिल्लो २४ घण्टामा इच्छाकामनामा ३ सहित चितवनमा १४६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा  इच्छाकामनामा  ३ सहित  चितवनमा  १४६ जनामा कोरोना संक्रमण पुष्टि
चितवन : पछिल्लो २४ घण्टामा चितवनमा थप १४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४७० जनाको पिसीआर र ५६ जनाको एन्टिजेन परिक्षण गर्दा १४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । कार्यालयका अनुसार संक्रमित मध्ये सबै भन्दा धेरै ११७ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन । खैरहनी नगरपालिकामा ७,माडीमा ३,रत्ननगरमा ६,राप्तीमा २,कालिकामा १ र ईछाकामनामा ३ जना थपिएका हुन् । चितवनमा सक्रिय संक्रमितको संख्या ४७० पुगेको छ । संक्रमित मध्ये ४...

इच्छाकामनामा शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन

इच्छाकामनामा  शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन
कुनिटार : चितवनको इच्छाकामनामा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन सुरु गरिएको छ । गाउँपालिकाको आयोजनामा कक्षा सञ्चालन सुरु गरिएको हो । यस गाउँपालिकाभित्र बसोबास गर्ने शिक्षक सेवा आयोगको आधारभूत तहमा (प्राथमिक र निम्न माध्यमिक) प्रतिष्पर्धा गर्ने उम्मेद्वारहरुका लागि उक्त तहको प्रथम पत्रको तयारी कक्षाको सञ्चालन गरिएको हो । गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले शिक्षक सेवा आयोग तयारी कक्षा तथा अभिमुखिकरण तालिमको एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभयो । यस गाउँपालिकाभित्रक...

कावा वडाध्यक्ष मुक्तिनाथ सिलवाल र व्यवसायी ऋषिराम सिलवालद्वारा विद्यालयलाई जग्गा दान

कावा वडाध्यक्ष  मुक्तिनाथ सिलवाल   र  व्यवसायी ऋषिराम सिलवालद्वारा  विद्यालयलाई जग्गा  दान
कुरिनटार : सर्वशान्ति मावि कुरिनटारका लागि दुई जनाले जग्गा दान गरेका छन् । चितवनको इच्छाकामना ४ का कार्यवाहक वडाध्यक्ष मुक्तिनाथ सिलवाल र व्यवसायी स्थानीय समाजसेवी ऋषिराम सिलवालले जग्गा दान गर्नुभएको हो । मुक्तिनाथ सिलवालले १० धुर र ऋषिराम सिलवालले साढे ६ धुर जग्गा दान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव सिलवालले जानकारी दिनुभयो । विद्यालय हाताभित्र रहेको उहाँहरुको जग्गा विद्यालयले उपभोग गर्दै आएका थिए । बिहिबार विद्यालयको नाममा जग्गा पास गरिएको हो ।

इच्छाकामनाका एक सहित एकैदिन चितवनमा ८१ जनामा कोरोना संक्रमण पुष्टि

इच्छाकामनाका एक सहित एकैदिन  चितवनमा  ८१ जनामा कोरोना  संक्रमण पुष्टि
चितवन २८ पुस । चितवनमा आज (बुधबार) एकै दिन ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ७० जना, खैरहनी नगरपालिकामा १, रत्ननगरपालिकामा ५, कालिकामा २ र इच्छाकामना गाउँपालिकामा १ गरि ८१ जना नयाँ संक्रमित थपिएका हुन् । मंगलबार चितवनमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो आज ८१ जना संक्रमित थपिएसँगै चितवनमा सक्रिय संक्रमितको संख्या २४० पुगेको छ । जसमा ८ जना विभिन्न अस्पतालको आइसोलेशेनमा रहेका छन् भने बाँकी होम आइसोलेशनमै ...

सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक, माघ १५ गते सम्म विद्यालय बन्द गर्ने निर्णय

सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक, माघ १५ गते सम्म विद्यालय बन्द गर्ने निर्णय
काठमाडौं : सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । आइतबार बसेको कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो । ‘अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत लेखी पठाउन सिफारिस गर्ने’ बैठकको निर्णयमा भनिएको छ । बैठकले सार्वजनिक स्थलमा हुने रा...

चुम्लिङ्गटारमा नि : शुल्क स्वास्थ्य शिविर,२३५ जनाले लिए सेवा

चुम्लिङ्गटारमा  नि : शुल्क स्वास्थ्य शिविर,२३५ जनाले लिए सेवा
चुम्लिङ्गटार : चितवनको इच्छाकामना ३ चुम्लिङ्गटारमा २३५ जनाले नि : शुल्क स्वास्थ्य जाँच तथा उपचार सेवा लिएका छन् । जिल्ला आयुर्वेदक स्वास्थ्य केन्द्र रत्ननगर चितवनको आयोजनामा नागरिक आरोग्य सेवा केन्द्र इच्छाकमना ३ चुम्लिङ्गटारमा सम्पन्न नि :शुल्क शिविरमा १३१ पुरुष र १०४ महिला गरि २३५ जनाले स्वास्थ्य सेवा लिएका हुन् । शिविरमा मलद्धार सम्बन्धी रोग,स्त्री तथा प्रशुती , मानसिक रोगहरु ,छाला सम्बन्धी रोगहरु,श्वास प्रश्वास लगायत रोगहरुको जाँच तथा उपचार सेवा प्रदान गरेका थिए । ब...

सरकारी मेडिकल स्टोरको क्वाटरमा चारजना मृत फेला, तीन बेहोस

सरकारी मेडिकल स्टोरको क्वाटरमा चारजना मृत फेला, तीन बेहोस
नेपालगञ्ज : बाँकेको नेपालगञ्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखा मेडिकल स्टोरको क्वार्टरमा निसासिएर चार जनाको ज्यान गएको छ । नेपालगञ्ज उपमहानगरपालिका १० मा रहेको भेरी अस्पतालमा कार्यरत कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका कालिकोट खाँडाचक्र नगरपालिका ६ का २४ वर्षीय धनप्रसाद भट्टराईसहित चार जना स्टोरको क्वार्टरमा मृत भेटिएको प्रहरीले जनाएको छ । भट्टराईको सात जनाको परिवार सुतेको थियो । सुतेकै ठाउँमा चार जना मृत भेटिएसँगै अन्य तीन जना बेहोस रहेको जिल्ला प्रहरी कार्य...

माओवादी केन्द्रको महाधिवेशन : केन्द्रिय सदस्यका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउन माग

माओवादी केन्द्रको महाधिवेशन : केन्द्रिय सदस्यका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउन माग
काठमाडौं : नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनका प्रतिनिधिहरुले पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्ने माग गरेका छन् । अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा गरिएको सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रममा गण्डकी प्रदेशको तर्फबाट सो माग उठेको हो । बुधबार प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्दै एकजना प्रतिनिधिले भनिन्, ‘पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्छ ।’ संघीय संरचनाअनुसारको वैज्ञा...

युवा व्यवसायी रेशम गुरुङद्धारा रा.आ.बि.पैरेनिका विद्यार्थीहरुलाई पोसाक वितरण

युवा व्यवसायी रेशम गुरुङद्धारा रा.आ.बि.पैरेनिका विद्यार्थीहरुलाई पोसाक वितरण
चितवन : केटिएम अटो बाईक एण्ड स्कुटी जोन (KTM Auto Bike and Scoty Zone)तिनकुने काठमाडौका प्रोपाइटर रेशम गुरुङले राष्ट्रिय आधारभूत बिद्यालय इच्छाकामना ६ पैरेनिका विद्यार्थीहरुलाई पोसाक सहयोग गर्नुभएको छ । उक्त विद्यालयका भूपु विद्यार्थी समेत रहनुभएका गुरुङले ५६ पिस विद्यालय पोसाक सहयोग गर्नुभएको हो । उहाँका बुबा देबिलाल गुरुङले विद्यालयमै पुगेर पोसाक वितरण गर्नुभएको हो । गुरुङ व्यवसायसगैँ सामाजिक कार्यमा निरन्तर सक्रिय हुनुहुन्छ ।

शङखादेवि मा.वि. मझिमटारमा आइसिटी अङ्ग्रेजी माध्यामबाट पढाई

शङखादेवि मा.वि. मझिमटारमा आइसिटी अङ्ग्रेजी माध्यामबाट पढाई
धादिङ : धादिङको पहिलो आवसिय विद्यालय शङखादेवि मा.वि .मझिमटारमा स्मार्ट बोर्ड टेलिभिजन SMART BOARD, TELEVISION ( ICT )(आइसिटी) अङ्ग्रेजी माध्यामबाट पठन पाठन सुरु भएको छ । सामाजिक विकास मन्त्रालय, वागमती प्रदेश हेटौँडा मकवानपुरको आर्थिक सहयोगमा आइसिटी जडान गरिएको हो । । धादिङ जिल्लामै पहिलो पटक शंखादेबीमा.वि.मा टेलिभिजन (आइसिटी) जडान गरिएको हो ।