
चितवन २८ पुस । चितवनमा आज (बुधबार) एकै दिन ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ७० जना, खैरहनी नगरपालिकामा १, रत्ननगरपालिकामा ५, कालिकामा २ र इच्छाकामना गाउँपालिकामा १ गरि ८१ जना नयाँ संक्रमित थपिएका हुन् ।
मंगलबार चितवनमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो
आज ८१ जना संक्रमित थपिएसँगै चितवनमा सक्रिय संक्रमितको संख्या २४० पुगेको छ । जसमा ८ जना विभिन्न अस्पतालको आइसोलेशेनमा रहेका छन् भने बाँकी होम आइसोलेशनमै रहेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार चितवनमा हालसम्म २७ हजार ४४९ जनामा कोरोना पुष्टि भइसकेको छ । जसमा ४३७ जनाले ज्यान गुमाएका छन् ।