कुरिनटार  : इच्छाकामना गाउँपालिकाको कार्यालयबाट प्रवाह सम्पूर्ण सेवा पाँच दिनका लागि बन्द गरिएको छ । प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्साललाई कोरोना संक्रमण भएपछि सेवा बन्द गरिएको हो ।
हिजो सोमबार प्रशासकिय अधिकृत लम्साललाई कोरोना पुष्टि भएपछि कर्मचारी र जनप्रतिनिधिहरु क्वारेन्टिनमा बस्नु पर्ने भएकाले गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने सेवाहरु असोज २४ गते सम्मका लागि पाँच दिन बन्द गरिएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभयो ।
गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरुको स्वाब संकलन गरिएको उहाँले बताउनुभयो ।
अधिकृत लम्सालको असोज १५ गते स्वाब संकलन गरिएको थियो । उहाँ अहिले होम आइसोलेसनमा बस्नुभएको छ । अहिले स्वास्थ्य अवस्था सामान्य रहेको अधिकृत लम्सालले जानकारी दिनुभयो ।