
चितवन : भरतपुर अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर अस्पताल स्रोतका अनुसार ९२ बर्षीय बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। मृतक भरतपुर १ का हुन् । उनिमा २ दिन अगाडी मात्र संक्रमण पुष्टि भएको थियो। खोकी, दम, उच्च रक्तचाप र स्वासप्रश्वास सम्बन्धी समस्या बाट ग्रसित मृतक मगलबार बिहान ७ बजे अस्पतालमा भर्ना भएका थिए। उनको आज करिव सवा २ बजे मृत्यु भएको हो।