कुरिनटार :चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाको ४ नं वडाका २ जनामा कोरोना संक्रमण देखिएको हो। उनिहरु ३४ र ४४ वर्षको पुरुष रहेको गाउँपालिकाका सहायक स्वास्थ्य प्रमुख हरि देवकोटाले जानकारी दिनुभयो। उनिहरु मध्य १ जना होम आसोलेसनमा र अर्को १ भरतपुर अस्तपालको आइसोलेसनमा पठाइएको छ।। यो सँगै इच्छाकामनामा कोरोना संक्रमितको संख्या १५ पुगेको देवकोटाले जानकारी दिनुभयो । संक्रमित मध्य १२ जना भने कोरोना मुक्त भएको उहाँले बताउनुभयो । अहिले संक्रिय संक्रमितको संख्या  ३ जना मात्र रहेका छन् ।