एकैदिन विश्वभर साढे ६ लाख कोरोना संक्रमित थपिए
काठमाडौँ : विश्वभर कोरोना संक्रमण उकालो लाग्दै गएको छ। गत २४ घण्टामा साढे ६ लाख मानिसमा नयाँ संक्रमण पुष्टि भएको छ।जसमध्ये अमेरिकामा ८५ हजार, भारतमा ४४ हजार ७००, ब्राजिलमा ४१ हजार ८००, वेलायतमा ३१ हजार १००, फ्रान्समा २५ हजार २००, रसियामा २३ हजार ३००, टर्कीमा २२ हजार १०० र अर्जेन्टिनामा १४ हजार १०० जनामा संक्रमण पुष्टि भएको छ।
यो अवधिमा १० हजार १४० जनाको संक्रमितको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ४२ लाख १३ हजार नजिक पुगेको छ। गत २४ घण्टामा ब्राजिलमा १ हजार ३५४, रसियाम...






