
चितवन : पछिल्लो २४ घण्टामा चितवनमा आज ८३ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालय चितवनका अनुसार विगत २४ घण्टामा गरिएको परीक्षणमा सो संक्रमित थपिएका हुन् । थपिएका संक्रमितमध्ये भरतपुर महानगरपालिकामा ४९ जना, खैरहनीमा ८ जना, माडीमा ७ जना, रत्ननगर नगरपालिकामा १२ जना, राप्तीमा २ जना र कालिकामा ५ जना रहेका छन् ।
यो सँगै चितवनमा जम्मा सक्रिय संक्रमितको संख्या १७१४ पुगेको छ । जसमध्ये घरमा १५९२, अस्पतालको आइसोलेसनमा ११२ जना र सार्वजनिक आइसोलेसनमा १० जना रहेका छन् । आज चितवनको एक जनाको मृत्यु भएसँगै चितवनमा कोरोनाका कारणबाट ज्यान गुमाउनेको संख्या ३१८ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।