
काठमाडौं : डा.गोविन्द केसीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सम्पूर्ण लगानीबाट तत्काल अलग भएर स्वार्थको द्वन्द्व हुने अवस्था अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई खबरदारी पत्र पठाउँदै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ स्वास्थ्य र शिक्षा क्षेत्रमा भएका आफ्ना लगानीबाट अलग नहुने हो भने तत्काल उहाँलाई पदमुक्त गर्न माग गर्नुभयो ।
उहाँले खबरदारीपत्रमा सरकारका सुरुवाती गतिविधिले स्वास्थ्य सेवा सुधारको अपेक्षा गरेका नागरिकहरुलाई पहिलो गाँसमै ढुङ्गा लागेको अवस्था भएको पनि उल्लेख गर्नुभएको छ । स्वास्थ्यजस्तो समवेदनशील विषयमा नियमनकारी भूमिका समेत रहने स्वास्थ्य मन्त्रालयमा स्वार्थको द्वन्द्व हुने कुनै पनि व्यक्ति नियुक्ति हुनु हुँदैन,’ पत्रमा उहाँले लेख्नुभएको छ ।