चितवन :  चितवनमा पछिल्लो २४ घण्टामा १८९ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ८६ जना, खैरहनी नगरपालिकामा २८ जना, माडीमा ८ जना, रत्ननगरमा ३० जना, राप्ती नगरपालिकामा १७ जना, कालिकामा ८ जना र इच्छाकामनामा २ जना रहेका छन् । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या १९०३ जना पुगेको छ ।

त्यस्तै आज भरतपुर अस्पतालमा एक जना नवलपरासीका कोरोना संक्रमितको निधन भएको छ । चितवनका विभिन्न अस्पतालबाट विगत २४ घण्टामा २८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।