कुशे औशी : मेरो हरेक चुनौतीहरूको आशा बुबा
तिमी को हौ भनुं म कसरी?
हौसला दिन्छौ लड्न तागत भरी,
एक अपरिभाषित परिभाषा
मेरो हरेक चुनौतीहरूको आशा
जन्मिए, हुर्कदै बढे तिम्रै वरिपरी
सुस्केराहरूमा पनि सम्झन्छु मुस्कान झलझली,
कहिल्यै देखिन तिमीमा उदासी
मुस्किलहरूले लिएकी बिदा देखेर साहसी ?
खै के थियो ऊर्जा तिमी भित्र,
धपधप जलेर’नी पोलेनकी तिमीलाई?
कस्तो अनौठो तिमी अनि कति विचित्र ??
समय अलि बदलियो, त्यो संगै दुरीपनि
अझै उस्तै सम्झिरहन्छु, उस्तै नजिक मनभरी,
होला, हुंदैन अलि दिन कुरा दिनचर्याले
होला, दौडधुप चल...