इच्छाकामना चितवन: ३ साउन बिगत केही समय देखि परेको पानीका कारण बाढि पहिरोबाट प्रभावित भएकाहरुलाई  नेपाली काङ्ग्रेस चितवन का सचीव उत्तम जोशिको सक्रियतामा राहत  बितरण गरिएको छ ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ७ मा रहेका बाढि पहिरो प्रभावित ५२ घरपरिवारलाई खाध्यायन सहयोग गरिएको जोशीले इच्छा खबर लाई जानकारी दिनुभयो । जोशीका अनुसार अमेरीकामा रहेका सहयोगी मनहरुको सहयोगले राहत जुटेको हो ।

एनआरएएन अमेरीकाका बरिष्ठ उपाध्यक्ष कृष्णजिवि पन्त (तनहुँ), नेपाललि काँग्रेस जन सम्पर्क समिति मकाउका संस्थापक सभापति एबं तरुण बिभागका केन्द्रय सदस्य अमिर जोशी(तनहुँ), एनआरएएनका अभियान्ता सुजन खनाल(तनहुँ) र सामाजिक व्यक्तित्व कृष्ण गुरुङ (चितवन)को आर्थिक सहयोगमा खाध्य बितरण गरिएको हो ।

कार्यक्रममा नेपाली काँग्रेस चितवनका सचिब उत्तम जोशी, जिल्ला सदस्य केशब महर्जन, इच्छाकामना गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष बम बहादुर थापा (बिजय), नेपाल तरुणदल चितवनका सचिब प्रल्लाद उप्रेती, नेपाली काँग्रेस भरतपुर महानगरपालिका वडा नम्बर १० का सभापति ध्रुर्व सुवेदी, सचिब कृष्णबिलास अधिकारी, इच्छाकामना गाउँपालिका वडा नम्बर ७ का सभापति मानवहादुर गुरुङ्को सहभागिता रहेको थियो । सो अवसरमा वडा कार्यालयलाई स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरिएको छ