कुरिनटार- केही बर्ष  पहिलेमात्र निर्माण सम्पन्न भएको भएपनी बर्षाको समयमा पहिरो झरेर यात्रु हरुले चरम दुख पाइरहेका नारायणघाट- मुग्लिङ सडक खण्डको पीडा समेटिएको तिज गित (मुग्लिङ) सार्वजनिक गरिएको छ।

चर्चित लोकदोहोरी गायक विष्णु खत्रीले आउदै गरेको हिन्दु महिलाहरुको महान् चाड हरितालिका तिजलाई लक्षित गर्दै नारायणघाट- मुग्लिङ सडकखण्डको पहिरोमा पर्नेहरुको पिडालाई समेटेर ‘मुग्लिन’ शीर्षकमा तीजगीत बनाएका हुन् ।

नारायणघाट-मुग्लिङ  सडकखण्डको कालिखोलामा पहिरो गएर सडक बन्द भएको स्थान र मुग्लिन-कुरिनटार आसपासका क्षेत्रहरुमा सुटिङ गरेर बनाईएको म्युजिक भिडियोलाइ होम गुरुङले निर्देशन गर्नुभएको छ। मालाश्री डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको गितमा गायक बिष्णु खत्रीकै शब्द र संगीत तथा स्वर रहेको छ भने महिला स्वर रीना के.सी.को रहेको छ। गितको संगित एरेन्ज तारानाथ आचार्यले गरेका हुन।भिडियोमा ओबि रायामाझि ,सारिका के.सी. र मुग्लिङ- कुरिनटार आसपासका महिला दिदिबैनी हरुले अभिनय गरेका छन्। गितको भिडियो आज गायकको आफ्नै युटुब च्यानल बाट सार्वजनिक गरिएको हो।                                             भिडियो हेर्न यहाँ क्लिक गर्नु होला