
मुग्लिन : इच्छाकामना खेलकुद तथा सांस्कृतिक परिषद गठन गरिएको छ । रवि कुमार थापाको नेतृत्वमा ३३ सदस्यीय गाउँपालिका स्तरिय परिषद गठन गरिएको हो ।
मुग्लिनमा सम्पन्न भेलाले परिषदको वरिष्ठ उपाध्यक्षमा बाबु थापा मगर , उपाध्यक्षहरुमा रविन मियाँ र लक्ष्मी त्रिपाठी, सचिवमा सनम पन्त, सह–सचिवमा झलक गुरुङ र दिल बहादुर गुरुङ, कोषाध्यक्षमा आकाश शेरचन र सह–कोषाध्यक्षमा आस्था त्रिपाठी चयन भएका छन् ।
इच्छाकामना गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठको प्रमुख अतिथि र वडा नम्बर ५ का अध्यक्ष मोदराज सिलवालको विशिष्ट आतिथ्यतामा परिषद गठन गरिएको हो ।