इच्छाकामना :   प्रधानमन्त्री केपी शर्मा ओली  यही वैशाख ५ गते कुरिनटार आउँदै हुनुहुन्छ ।  गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङका अनुसार  इच्छाकामना गाउँपालिकाको  कुरिनटारमा नवनिर्मित प्रशासकिय भवनको उद्घाटन गर्न प्रधानमन्त्री ओली कुरिनटार आउन लाग्नुभएको हो ।
५ गते शुक्रबार बिहान १० बजे भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो ।