गोरखा,१७ वैशाख  : गोरखाको गण्डकी गाउँपालिका ६ स्थित केराबारी सामुदायिक बनमा फेला परेको अजिङ्गगरलाई उद्धार गरि सुरक्षित स्थानमा छाडिएको छ । आज बुधबार  सकुशल उद्वार गरि चितवनको सामुदायिक बनमा छाडिएको हो ।
९.५ फिट लामो उक्त अजिङ्गर बर्मिज पाइथन प्रजातिका रहेको सब डिभिजन बन कार्यालय घ्यालचोका कार्यालय प्रमुख बन अधिकृत रबि आनन्द गोपालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थानीयले अजिङ्गगर देखेपछि सब डिजिन बन कार्यालय घ्याल्चोकमा खबर गरेका थिए । वडाध्यक्ष तूल बहादुर गुरुङ,केराबारी सामुदायिक बनका अध्यक्ष भूपालसिङ थापा मग, सचिव आयुस चेपाङ, बन रक्षक ललित रिमाल र  भुम्लिचोक प्रहरी चौकीमा कार्यरत राम देब चौधरीको रहोवरमा उद्वार गरि चितवनको सामुदायिक जङ्गलमा छाडिएको बन अधिकृत गोपालीले बताउनुभयो । अजिङ्गर अन्दाजी १६ केजी तौलको रहेको बताइएको छ ।