गोरखा : जिल्ला स्तरीय शिक्षक हाजिरीजवाफ प्रतियोगितामा गण्डकी गाउँपालिकाप्रथम भएका छन् । सामाजिक विकास कार्यालय, गोरखाको शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्तरगत जिल्ला स्तरीय शिक्षक हाजिरीजवाफ प्रतियोगितामा गण्डकी गाउँपालिकाका तर्फबाट  सुजल सुनार प्रमुख रहेको टोली प्रथम भएका हुन् ।
प्रतियोगितामा टोली प्रमुख  विजय भवानी मा.वि, गण्डकी–१ का माध्यमिक तह, तृतीय श्रेणी, सामाजिक विषयका शिक्षक सुजल सुनार,  सदस्यहरु श्री ज्ञानमार्ग मा.वि, गण्डकी–७ का निम्न माध्यमिक तह, तृतीय श्रेणी, अंग्रेजी विषयका शिक्षक मेघनाथ रेग्मी र भलायडाँडा प्राथमिक विद्यालय, गण्डकी–२ का प्र.अ एवं प्राथमिक तह,तृतीय श्रेणीका शिक्षक विनोद चौरासिय सहभागी थिए । प्रथम भएसगैँ  मङिसर २८ र २९ गते हुने  प्रदेश स्तरीय प्रतियोगितामा  छनौट भएका छन् ।