इच्छाकामना : चितवनको इच्छाकामना गाउँपालिकाले महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई सम्मान गर्दै २१औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएका छन् । बागमती प्रदेश सरकार अन्तरगत जनस्वास्थ्य कार्यालय चितवन र इच्छाकामना गाउँपालिकाको संयुक्त आयोजनामा गाउँपालिकामा कार्यरत ३७ जना महिला स्वयंसेविकाहरुलाई सम्मान पत्र, माला र टिका लगाएर सम्मान गर्दै राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएका हुन् ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि बहादुर देवकोटाले सुरक्षित मातृ तथा नवजात शिशुको स्वास्थ्य क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको बताउनुभयो ।
सो अवसरमा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले स्वंयसेविका महिलाहरुको योगदानको गाउँपालिकाले उच्च कदर गर्ने बताउनुभयो । उहाँले स्वंयसेविकाहरुलाई प्रोत्साहनस्वरुप मासिक दुई हजार पाँच सय रुपैयाँ उलब्ध गराउँदै आएको बताउनुभयो ।कार्यक्रममा जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य निरीक्षक पुर्षोत्तम अर्याललेजनस्वास्थ्य कार्यालय चितवनले प्रत्येक स्वास्थ्य स्वंयसेविकालाई प्रत्येक बर्ष दिवसको दिन रु पाँच हजार उपलब्ध गराउँदै आएको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेत, वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, इच्छाकामना आधारभूत अस्पतालका प्रमुख डा. संगम न्यौपाने, स्वास्थ्यकर्मी स्वंयसेविका लगायतको उपस्थिति रहेको थियो । ।
स्वास्थ्य शाखा प्रमुख हरि बहादुर देवकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा जनस्वास्थ्य निरीक्षक भक्त बहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो ।