कुुरिनटार :  चितवनको इच्छाकामनागाउँपालिकाको शिक्षा शाखामा लगाएको ताला खुलेको छ । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ लगायत जनप्रतिनिधिहरुले  स्थानीय प्रशासन विभिन्न शिक्षक संगठनका प्रतिनिधिको उपस्थितिमा ताला खुलेको हो ।
ताला खुल्न नेपाल शिक्षक संघ तयार नभएपछि  गाउँपालिका अध्यक्ष आफैले ताला खोलिदिनुभएको थियो । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ,प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेत नेपाल शिक्षक संघ चितवनका उपाध्यक्ष भविश्वर गुरुङ, नेपाल शिक्षक संघ चितवनका अध्यक्ष यान बहादुर गुरुङ लगायतबिच छलफल भएको थियो  ।छलफल निष्कर्ष विहिन भएपछि गाउँपालिका  अध्यक्ष गुरुङले आफै ताला खोल्नुभएको हो ।
शिक्षक नियुक्ति नियम विपरित गरिएको भन्दै नेपाली कांग्रेस इच्छाकामना, नेपाल शिक्षक संघ ,तरुणदल, नेविसंघ र नेपाल महिला संघले बुधबार शिक्षा शाखामा ताला लगाएका थिए । राष्ट्रिय आधारभूत विद्यालय कापे र रानिखोला माध्यमिक विद्यालयको शिक्षक  विना प्रतिष्पर्धा  नियम विपरित नियुक्ती गरिएको नेपाल शिक्षक संघ इच्छाकामनाको आरोप छ ।  गाउँपालिका अध्यक्ष  दान बहादुर गुरुङले भने  २०७८ भन्दा अगाडि नियुक्त शिक्षकलाई सामुदायिक बनले तलब सुविधा उपलब्ध गराउँदै आएकोमा  पछिल्लो समय तलब खुवाउन नसक्ने  बनले निर्णय गरेपछि  खुवाउन नसकिने निर्णय गरेपछि दरबन्दी कम भएका कारण चार बर्ष अगाडि नियुक्ति भएको योग्यता पुरा भएको शिक्षकलाई तलब भत्ता व्यवस्था पालिकाबाट गरियोस् भन्ने विद्यालयको  निवेदन  आएपछि कार्यापालिकाले  तलब भत्ता व्यवस्था गर्र्नेेे निर्णय गरेको बताउनुभयो  ।
नेपालको संविधान र  स्थानिय सरकर सञ्चालन एन २०७४ ले आधारभुत र माध्यमिक तहको शिक्षा स्थानिय सरकारको अधिकार क्षेत्र भित्र पर्ने र शिक्षक दरबन्दी मिलान करार राहत अनुदान सट्टा पालिका आन्तरिक श्रोत निजि स्वयंसेवक  शिक्षकको नियुक्ति सरुवा पालिकाले पालिका मातहतमा व्यवस्थापन गर्ने बताउनुभयो । चित्त नबुझेका विषयमा छलफल गर्नुको सट्टा  अतिरञ्जित गरिएको उहाँको आरोप छ ।