
इच्छाकामना : नेपाली कांग्रेस इच्छाकामनालेमाग पुरा नभए जस्तो सुकै कदम चाल्न तयार रहेको बताएको छ । आज सभापति कृतिकुमार श्रेष्ठले एक प्रेस विज्ञप्ती जारी गर्दै आफुहरुको मागको वेवास्ता गरे जुनुकै कदम चाल्ने रक्षतीपुर्तीको जिम्मा गाउँपालिका अध्यक्षले लिनुपर्ने चेतावनी दिनुभएका हो । नेपाली कांग्रेस इच्छाकामना र उसका भातृ संगठनहरुले राष्ट्रिय आधारभूत विद्यालय कापे र राष्ट्रिय मावि रानीखोलामा शिक्षक नियुक्ति नियमविपरित भएको भन्दै नियुक्ति बदर गर्न माग गर्दै गाउँपालिका अध्यक्षलाई तीन दिने अल्टिमेटमसहित ज्ञापन पत्र बुझएकोमा सुनुवाई नभएको भन्दै बिहिबार शिक्षा शाखामा ताला लगाएका थिए । ताला लगाएपछि शुक्र दुबै पक्षबिच भएको छलफल निष्कर्षबिहन भएपछि गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले आफै ताला खोलिदिनुभएको थियो ।