खेलकुद

आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनौट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित

आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनौट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित
काठमाडौं : आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनौट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ। शुक्रबार सिंगापुरमाथि ९६ रनको सानदार जित निकालेको नेपाली युवा टोलीले शनिबार कुवेतविरुद्ध २ सय ४३ रनको फराकिलो जित दर्ता गराउन सफल भयो। नेपालले दिएको ३ सय ४४ रनको लक्ष्य पछ्याएको कुवेत ३० दशमलव ५ ओभरमा १ सय रनमै समेटियो। कुवेतलाई सस्तैमा समेट्न नेपालका आकाश चन्दले ६, हेमन्त धामी र  दिपेश कँडेलले २/२ विकेट लिए। युएईको मलेक क्रिकेट ग्राउन्डमा यसअघि टस जितेर पहिला ब्याट...

६ म्याचको ३६ लाख हुने भनेको थिएँ, दुवै जनाले मानेनन् : महबुब आलम

६ म्याचको ३६ लाख हुने भनेको थिएँ, दुवै जनाले मानेनन् : महबुब आलम
काठमाडौं  : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी महबुब आलमले नेपाल टी–२० लिगमा स्पट फिक्सिङका लागि दुई जना खेलाडीसँग अप्रोच गरेको स्वीकारेका छन् । बयानमा आलमले त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिगमा दुई जना खेलाडीलाई आफूले फिक्सिङका लागि प्रस्ताव राखेको बताएका हुन् । अनुसन्धानका क्रममा महबुबलाई हासिम अन्सारीसँग भएको मोबाइल कुराकानीको अडियो रेकर्ड पनि सुनाइएको थियो । आफुसँग भएको उक्त सम्वाद अन्सारीले रेकर्ड गरेको हुनसक्ने महबुबले बताएका छन् । आफ...

आईसीसी विश्व क्रिकेट लिग टु : नामिबियाविरुद्ध तीन विकेटले नेपाल विजयी

आईसीसी विश्व क्रिकेट लिग टु :  नामिबियाविरुद्ध तीन विकेटले नेपाल विजयी
काठमाडौं :   आईसीसी विश्व क्रिकेट लिग टु अन्तर्गतको खेलमा नेपालले शनिबारको खेलमा नामिबियालाई तीन विकेटले पराजित गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले नेपालाई २७६ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १५ बल बाँकी छँदै ७ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। यो जितसँगै कीर्तिपुर मैदानमा भएको लिग टु अन्तर्गतको आफ्नो तीनवटै खेल नेपालले जितेको छ। नामिबियाविरुद्धको खेलमा नेपालका लागि ब्याटिङतर्फ आशिफ शेखले ८१, ज्ञानेन्द्र मल्लले ६५, ...

नेपाल भारत मैत्रीपूर्णखेलमा २–२ गोलको बराबरी

नेपाल भारत मैत्रीपूर्णखेलमा २–२ गोलको बराबरी
काठमाडौँ  :  नेपालले भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा २– २ गोलले बराबरी खेलेको छ। ​चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा दुवै टोलीले पाएका अवसर सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए। तर दोस्रो हाफमा भारतले २ गोल गर्दै खेलमा अग्रता लियो। गोल फर्काउन भरमग्दुर प्रयास गरे पनि नसकेको नेपाली टोलीले अन्तिम समयतिर पाएको पेनाल्टीलाई सावित्रा भण्डारी ‘साम्बा’ ले कुनै गल्ति नगरी गोल गरिन्। डि(बक्समा भारतीय खेलाडीको ह्यान्ड भएपछि नेपालले पेनाल्टी पाएको थियो। ...

दोश्रो बलमै विकेट लिगेपछी सन्दिपको आँखामा टिलपिल आँसु।

दोश्रो बलमै विकेट लिगेपछी सन्दिपको आँखामा टिलपिल आँसु।
विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध अहिले भइरहेको खेलमा लामोसमय पछि मैदानमा छिरेका स्टार खेलाडी सन्दिप लामिछानेले दोस्रो बलमै विकेट लिएपछि उनी भावुक भएका थिए।                                                                                       ११ औँ ओभरमा बलिङमा आएका सन्दिपले दोस्रो बलमै कार्ल बिर्केन्स्टकलाई बोल्ट आउट गरे। त्यसअघि नामिबियाले १० ओभरमा एक विकेट गुमाएर ४४ रन बनाएको थियो। सन्दिपले पहिलो ओभरमा ३ रन खर्चिएका थिए। भने यो खवर तयार पार्दा सम्म तीन ओभरमा जम्म...

गोरखा जिल्ला भलिबलका टिमक्याप्टेन तथा देउरालि युवा क्ल्बका खेलाडि सम्मानित ।

गोरखा जिल्ला भलिबलका टिमक्याप्टेन तथा देउरालि युवा क्ल्बका खेलाडि सम्मानित ।
कुरिनटार- श्री देउरालि युवा क्ल्ब सहिद लखन गा.पा वडा न ५ देउरालि छापले जिल्ला भलिबल टिमका टिम क्याप्टेन तथा देउरालि युवा क्ल्बका भलिबल खेलाडि होम बहादुर थापा मगर लाई  सम्मान गरेको छ।                                                                                     आठोै देउरालि कप पुरुष भलिबल प्रतियोगिता २०७९ को समापन अबसर पारी आफ्नो स्थानिय स्तर तथा समग्र गोरखा जिल्ला लाई भलिबल खेल मार्फत चिनाउन गरेको उच्च मुल्याङ्कनको कदर गर्दै नगद पाँच हजार रुपैया र सम्मान पत्र सहित दोसल्...

आहा रारा गोल्डकपको उपाधि संकटालाई

आहा रारा गोल्डकपको उपाधि संकटालाई
काठमाडौं  :  २२ औं संस्करणको आरा रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ। पोखरा रङ्गशालामा शनिबार भएको फाइनलमा भुटनिज क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि जितेको हो। खेलको पहिलो हाफ २–२ को बराबरी भए पनि खेलको अतिरिक्त समयको अन्तिम समयमा संकटाले खेलमा बाजी मार्यो। खेलको सातौं मिनेटमा संकटाका सुरजज्यू ठकुरीले पहिलो गोल गर्दै संकटालाई अग्रता दिलाउँदा खेलको ३४ औँ मिनेटमा मेसुके ओलेमाओको गोलमा संकटाले अग्रता दोब्बर बनायो । संकटाको अग्रता धेरै बेर टिक्न...

इच्छाकामनाका पुर्षोत्तम सिलवाललाई जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि

इच्छाकामनाका  पुर्षोत्तम सिलवाललाई जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि
इच्छाकामना ,१६ पुस । चितवनको इच्छाकामनामा सम्पन्न जिल्ला स्तरीय दोश्रो इच्छाकामना खुल्ला बुद्धिचाल प्रतियोगिताको  उपाधि इच्छाकामना ४ कुरिनटारका पुर्षोत्तम सिलवालले जितेका छन् । इच्छाकामना युथ स्पोर्टस् क्लब मुग्लिनको आयोजनामा सम्पन्न प्रतियोगितामा भरतपुर महानगरपालिका २७ का जुनानाथ सापकोटा दोश्रो, कालिका नगरपालिका ६ का अनिश दुलाल तेश्रो भएका छन् । उनिहरुले क्रमश :  पहिलो हुनेले नगद रु १३ हजार, दोश्रो हुनले ९ हजार र तश्रो हुनेले ५ हजार नगद र प्रमाण पत्र प्राप्त गरेका छन् । यसै...

इच्छाकामनामा बुद्धिचाल प्रतियोगिता सुरु, जिसस प्रमुख अधिकारीद्वारा उद्घाटन

इच्छाकामनामा  बुद्धिचाल प्रतियोगिता सुरु, जिसस प्रमुख अधिकारीद्वारा उद्घाटन
इच्छाकामना  :  चितवनको इच्छाकामनामा बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । इच्छाकामना युथ स्पोर्टस् क्लब मुग्लिनको आयोजनामा चितवनमा हालसम्मकै ठूलो राशी पुरस्कार भएको जिल्ला स्तरीय दोश्रो इच्छाकामना खुल्ला बुद्धिचाल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख नारायण अधिकारीले वडा नम्बर ५ को कार्यालय मुग्लिनको सभाहलमा एक कार्यक्रमकाबिच समुद्घाटन गर्नुभएको हो । क्लबका अध्यक्ष प्रकाश त्रिपाठीको सभापतित्व तथा जिल्ला समन्वय समितिका प्रमुख नारायण अधि...

इच्छाकामनामा जिल्लास्तरीय खुल्ला बुद्धिचाल प्रतियोगिता हुने

इच्छाकामनामा जिल्लास्तरीय खुल्ला बुद्धिचाल प्रतियोगिता हुने
चितवन :  चितवनको इच्छाकामना गाउँपालिकामा दुई दिने जिल्ला स्तरीय खुल्ला बुद्धिचाल प्रतियोगिता आयोजना हुने भएको छ । इच्छाकामना युथ स्पोर्टस् क्लवको आयोजनामा जिल्लास्तरीय दोस्रो इच्छाकामना खुल्ला बुद्धिचाल प्रतियोगिता आयोजना हुन लागेको हो । आज दिउँसो भरतपुरमा एक पत्रकार सम्मेलनको आयोजना गरी क्लवले प्रतियोगिता बारे जानकारी दिएको थियो । प्रवेश शुल्क १ हजार रहेको प्रतियोगिता पुस १५ गते सुरु भई १६ गते सम्पन्न हुने जनाइएको छ । तर, इच्छाकामनाका प्रतियोगीको लागि ५०० रुपैयाँ, विद्यार...