विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध अहिले भइरहेको खेलमा लामोसमय पछि मैदानमा छिरेका स्टार खेलाडी सन्दिप लामिछानेले दोस्रो बलमै विकेट लिएपछि उनी भावुक भएका थिए। ११ औँ ओभरमा बलिङमा आएका सन्दिपले दोस्रो बलमै कार्ल बिर्केन्स्टकलाई बोल्ट आउट गरे। त्यसअघि नामिबियाले १० ओभरमा एक विकेट गुमाएर ४४ रन बनाएको थियो।
सन्दिपले पहिलो ओभरमा ३ रन खर्चिएका थिए। भने यो खवर तयार पार्दा सम्म तीन ओभरमा जम्मा ७ रन खर्चेर सबैभन्दा किफायती बलिङ गरिरहेका छ्न।
इच्छाखबर संवाददाता












