इच्छाकामना ,१६ पुस । चितवनको इच्छाकामनामा सम्पन्न जिल्ला स्तरीय दोश्रो इच्छाकामना खुल्ला बुद्धिचाल प्रतियोगिताको  उपाधि इच्छाकामना ४ कुरिनटारका पुर्षोत्तम सिलवालले जितेका छन् । इच्छाकामना युथ स्पोर्टस् क्लब मुग्लिनको आयोजनामा सम्पन्न प्रतियोगितामा भरतपुर महानगरपालिका २७ का जुनानाथ सापकोटा दोश्रो, कालिका नगरपालिका ६ का अनिश दुलाल तेश्रो भएका छन् ।
उनिहरुले क्रमश :  पहिलो हुनेले नगद रु १३ हजार, दोश्रो हुनले ९ हजार र तश्रो हुनेले ५ हजार नगद र प्रमाण पत्र प्राप्त गरेका छन् । यसैबिच इच्छाकामना ५ मुग्लिनका गणेश श्रेष्ठ, मुग्लिनकै बिक्रम श्रेष्ठ र भरतपुर ४ का लक्ष्मीनाथ कडेँल क्रमश चौथो, पाचौँ र छैटौँ भएका छन् । उनिहरुले जनही रु २ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

No description available.
यूवा खेलाडी तर्फ सबै भन्दा कान्छा खेलाडी ७ बर्षिय अर्थव त्रिपाठी उत्कृष्ट भए । , इच्छाकामना भित्रका प्रतियोगी मध्ये मुग्लिनका राजु त्रिपाठी उत्कृष्ट, विद्यार्थी छात्र तर्फ स्काई राइडर स्कुल रत्ननगरका आरव शर्मा र, छात्रा तर्फ अंकुरम एकेडेमी भरतपुर ७ कृष्णपुरमा कक्षामा ४ मा अध्ययनरत उज्जीवानी कडेँल उत्कृष्ट भएका छन् । उनिहरुले जनही रु २ हजार नगद र प्रमाण पत्र प्राप्त गरेका छन् ।
प्रोत्साहन तर्फ सीमान्तकृत चेपाङ समुदायका  निर्मल चेपाङ  र रोनिश चेपाङलाई पुरस्कृत गरिएको छ । उनिहरुलाई जनही रु ५ सय र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ

No description available.
समापन समारोहका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले पुरस्कार वितरण गरेका थिए । क्लबका अध्यक्ष प्रकाश त्रिपाठीको सभापतित्व तथा गाउँपालिका अध्यक्ष दानब हादुर गुरुङको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष माया सिलवालको विशिष्ट आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भएको हो ।
इच्छाकामनाको मुग्लिन र कुरिनटारमा गरि दुई दिन चलेको प्रतियोगितामा ३७ जना सहभागी थिए ।
यो राशी जिल्लामा हालसम्म भएका बुद्धिचाल प्रतियोगिताको सबैभन्दा ठुलो राशीको पुरस्कार हो।
इच्छाकामना एफएम कुरिनटार र इच्छाकामना न्यूज डटकम प्रतियोगिताको मिडिया पार्टनरको रुपमा रहेका थिए ।

May be an image of 9 people, people sitting, chess and outdoors