एसियाली खेलकुदको महिला भलिबलमा नेपालले मङ्गोलियालाई हरायो
काठमाडौँ : चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालले महिला भलिबलमा सान्त्वना जित हासिल गरेको छ । नेपालले मङ्गोलियालाई ३–२ सेटले पराजित गरेको हो । जितसँगै नेपाल जारी प्रतियोगितमा ११ औँ स्थानमा रहन सफल भएको छ । महिला भलिबलमा १३ मुलुक सहभागी भएका थिए ।
आजको खेलमा पहिलो सेट मङ्गोलियाले २५–१७ अङ्कले जित्यो । दोस्रो सेटमा भने नेपाल २५–१८ अङ्कले विजयी भयो । तेस्रो सेटमा पनि नेपाल २५–२१ अङ्कले विजयी बन्यो । चौथो सेटमा मङ्गोलियाले नेपाललाई २५–१८ अङ्कले उछिन्यो । अन्...








