खेलकुद

साविक विजेता फ्रान्स विश्वकप फुटबलको फाइनलमा

साविक विजेता फ्रान्स विश्वकप फुटबलको फाइनलमा
काठमाडौं  :  साविक विजेता फ्रान्स फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।  बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० गोल अन्तरले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो। फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्डल कोलो मुआनीले गोल गरे। खेलको सुरुवातमै पहिलो गोल गरेको फ्रान्सले दोस्रो गोल दोस्रो हाफको अन्तिमतिर थपेको थियो।   पाँचौं मिनेटमै हर्नान्डेजले गोल गर्दै फ्रान्सले अग्रता लियो। हर्नान्डेजले डिबक्स भित्र प्राप्त रिवाउन्ड बलमा उत्कृष्ट गोल गरे। फ्रान्सले...

दोस्रो जिल्ला स्तरीय कराँते प्रतियोगितामा भरतपुर–१० को हिमाली पथ डोजो १० स्वर्ण पदकसहित पहिलो

दोस्रो जिल्ला स्तरीय कराँते प्रतियोगितामा भरतपुर–१० को हिमाली पथ डोजो १० स्वर्ण पदकसहित पहिलो
चितवन :  नारायणी नदी किनारमा सम्पन्न दोस्रो जिल्ला स्तरीय कराँते प्रतियोगितामा भरतपुर–१० को हिमाली पथ डोजो १० स्वर्ण पदकसहित पहिलो भएको छ । नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनको आयोजनामा भएको प्रतियोगितामा पाँच स्वर्ण सहित भरतपुर–१५ को आदर्श डोजो दोस्रो भएको छ । प्रतियोगितामा तीन स्वर्ण र सात रजत सहित कालिका नगरपालिकाको कालिका डोजो तेस्रो भएको नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनका सचिव सुदन दराईले जानकारी दिनुभयो । दराईकाअनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडी महिला...

साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि नेपाललाई

साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि नेपाललाई
काठमाडौं  : नेपालले साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।गोलकिपर सुजाता तामाङले पेनाल्टी बचाउँदै कप्तानी प्रदर्शन गरेपछि उपाधी जितेको हो । डवल राउण्ड रोविन प्रणाली अन्तर्गत सन्चालित प्रतियोगिताको अन्तिम खेलमा शुक्रबार घरेलु टोली बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो । चार खेलबाट तीन जित र १ बराबरीको नतिजाबाट नेपाल १० अंक जोडेर शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो । नेपाललाई उपाधि जित्न बराबरी नै पर्याप्त थियो भने बंगलादेशका लागि ...

भरतपुरमा कराँतेका ३८० खेलाडीको स्तरवृद्धि

भरतपुरमा कराँतेका ३८० खेलाडीको स्तरवृद्धि
चितवन, २५ कात्तिक । चितवनको भरतपुरमा एकैपटक कराँतेका ३८० खेलाडीको स्तरवृद्धि गरिएको छ । नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनको आयोजनामा भरतपुरको अङ्कुरम एकेडेमीका ३८० खेलाडीको स्तरवृद्धि गरिएको हो । कमिटीका सचिव सुजन दराईकाअनुसार खेलाडीको स्तरवृद्धिमा कक्षा ३ देखि कक्षा ९ सम्मका खेलाडीहरु सहभागी थिए । आज शुक्रबार विद्यालयमा आयोजना गरिएको कराँते स्तरवृद्धिमा ह्वाइट बेल्डबाट ओरेन्ज बेल्डमा ३६० जना र ओरेन्ज बेल्डबाट ओरेन्ज–ग्रिन बेल्डमा २० जना खेलाडी दीक्षित गरिएको दराईको भ...

दोश्रो मकैसिङकप फुटबलको उपाधी चुम्लिङटारलाई।

दोश्रो मकैसिङकप फुटबलको उपाधी  चुम्लिङटारलाई।
गोर्खाको गण्डकी गाउँपालिका १ मकैसिङमा सम्पन्न दोश्रो मकैसिङ कप फुटबल प्रतियोगिताको उपाधी चितवनको इच्छाकामना गाउँपालिका स्थित चुम्लिङटार फुटबल क्लबले हात पारेको छ।                                                                                           गत १९ गते देखि मकैसिङ स्थित टुडिखेल खेल मैदानमा चलेको नकआउट प्रतियोगितामा मुख्य दाबेदार बिदेशी खेलाडी सम्मीलित मंंगोलियन फुटबल क्लब काठमाडौलाई २-० ले पराजित गर्दै चुम्लिङ्टारले उपाधिहात पारेको हो। मंगोलियन क्लबका अग्ला र बलियो...

रिन्जेली बडहरेमा जारी भलिबल प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भोलि हुने।

रिन्जेली बडहरेमा जारी भलिबल प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भोलि हुने।
गोरखाको सहिद लखन गाउँपालिका ४ रिन्जेली बडहरेमा संचालन गरिएको  भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रममा सेमिफाइनल पुग्ने टोलिको टुंगो लागेको छ ।                                                                                                       नेपालीहरुको महान् पर्व विजय दशमीको अवसरमा श्री लाङघाली श्रृजनशिल यूवा क्लब शहिद लखन ४ रिन्जेली बडहरे गोरखाको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता तथा बृहत् सांस्कृतिक कार्यक्रमका साथै सम्मान कार्यक्रम अन्तर्गत । सहभागी १४ टोलिबाट देउ...

गोरखाको सहिद लखन ४ रिन्जेली बडहरेमा भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने

गोरखाको सहिद लखन ४ रिन्जेली बडहरेमा भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने
गोरखा, १३ असोज । गोरखाको सहिद लखन गाउँपालिका ४ रिन्जेली बडहरेमा भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । नेपालीहरुको महान् पर्व विजय दशमीको अवसरमा श्री लाङघाली श्रृजनशिल यूवा क्लब शहिद लखन ४ रिन्जेली बडहरे गोरखाको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता तथा बृहत् सांस्कृतिक कार्यक्रमका साथै सम्मान कार्यक्रम हुने भएको हो । भलिबल प्रतियोगिताका विजेताले रु ४० हजार नगद सहिद कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै दोश्रो र तेश्रो हुनेले क्रमश ः रु २...

कुरिनटारमा विजय दशमी कप फुटबल प्रतियोगिता हुने

कुरिनटारमा विजय दशमी कप फुटबल प्रतियोगिता हुने
इच्छाकामना :  कुरिनटारमा विजय दशमी कप २०७९ हुने भएको छ । त्रिवेणी युवा क्लब मुग्लिनको आयोजनामा असोज १५ देखि १७ गते सम्म ओपन सेभेन ए साइड नकआउन फुटबल टुर्नामेन्ट हुने भएको हो ।  “राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ इच्छाकामना ४ स्थित सर्वशान्ति मावि खेलकुद मैदान कुरिनटारमा हुने प्रतियोगिताका विजेता टिमले रु ४० हजार नगद सहित मेडल ट्रफी र प्रमाणपत्र तथा द्धितिय हुने टिमले नगद रु २० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिताका संयोज...

इच्छाकामनाकी सुप्रिका गुरुङले जितिन् अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक

इच्छाकामनाकी सुप्रिका गुरुङले जितिन् अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक
कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिका मुग्लिनकी सुप्रिका गुरुङले ‘तेस्रो माउण्ट एभरेष्ट खुला तेक्वान्दो च्याम्पियनसिप’ मा स्वर्णपदक जित्न सफल भएकी छिन्। विहीबार पोखरा स्थित बहुउद्देश्य कभर्डहलमा भएको महिला ६७ केजी माथिको प्रतिस्पर्धाको उपाधि भिडन्तमा सुप्रिकाले भारतीय खेलाडी रियल आलुवालियालाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन्। असोज ६ गते देखि ९ सम्म चल्ने च्याम्पियनसिपको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरेका हुन्। उद्घाट...

नवौँ राष्ट्रिय खेलकुदका लागि तेक्वान्दो खेलमा इच्छाकामनाकी सुप्रिका गुरुङसहित चितवनका ३ जना छनौट

नवौँ राष्ट्रिय खेलकुदका लागि तेक्वान्दो खेलमा इच्छाकामनाकी सुप्रिका गुरुङसहित चितवनका ३ जना छनौट
कुरिनटार : चितवनको इच्छाकामना ५ मुग्लिनकी सुप्रिका गुरुङ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तेक्वान्दो खेलमा छनौट हुन सफल भएकी छन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तेक्वान्दो खेलको बागमती प्रदेश छनौट प्रतियोगितामा उनि छनौटमा परेकी हुन् । सुप्रिकासहित चितवनबाट तेक्वान्दोमा तीन खेलाडीहरू छनौटमा परेका छन् । ५८ केजिमा रुमित राउत, ६३ केजिमा अभिशेक गिरी र महिला ७२ केजिमा सुप्रिका गुरुङले प्रथम स्थान हासिल गरि छनौट हुन सफल भएको हो। नवौं राष्ट्रिय खेलकुद प्रतियोग...