अर्थ

किसानको पैसा नतिर्ने चिनी मिल सञ्चालक अग्रवाल पक्राउ

किसानको पैसा नतिर्ने चिनी मिल सञ्चालक अग्रवाल पक्राउ
काठमाडौं :  उखु किसानको बक्यौता नतिर्ने लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । अग्रवाललाई पर्सा प्रहरीको समन्वयमा अपराध महाशाखाले पक्राउ गरेको हो । उखु किसानहरु अघिल्लो वर्ष भएको सम्झौता कार्यान्वयन नभएपछि पुन आन्दोलनका लागि काठमाडौं आएपछि सरकारले बक्यौता नतिर्ने मिल सञ्चालकलाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो । उक्त मिलले करिब १७ करोड बक्यौता रकम किसानलाई तिर्न बाँकी रहेको छ ।

रत्ननगर उद्योग बाणिज्य संघ निर्वाचनमा नेकपाको प्यानलनै बिजयी,अध्यक्ष भने कांग्रेस प्यानलका अनिलकृष्ण श्रेष्ठ ।

रत्ननगर उद्योग बाणिज्य संघ निर्वाचनमा नेकपाको प्यानलनै बिजयी,अध्यक्ष भने कांग्रेस प्यानलका अनिलकृष्ण श्रेष्ठ ।
रत्ननगर,१ पौष  - रत्ननगर उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा शंकर गिरी बिजयी हुनु भएको छ । संघको २१ औं साधारण सभा तथा नवौं अधिवेशन अन्तर्गत आज मंगलबार राती सम्पन्न मतगणना अनुसार नेकपा प्यानलका गिरीले ६०४ मत प्राप्त गरि बिजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेस निकटका उम्मेद्बवार देवेन्द्र कुमार श्रेष्ठले ५४५ मत प्राप्त गर्नुभएको छ । संघको वरिष्ठ उपाध्यक्षमा बिजयी हुने नै अर्को कार्यकालमा स्वतह अध्यक्ष हुने संघको बिधानमा उल्लेख्य भएकोले वरिष्ठ उपा...

उखु जस्तै आँफूहरु पेलिएको किसानहरुको गुनासो

उखु जस्तै आँफूहरु पेलिएको किसानहरुको गुनासो
काठमाडौं :  उखु नगदे बाली। तर किसान सधैं उधारोमा कारोबार गर्न बाध्य छन्। किसानले वर्षौंदेखि उखु बेचेको बक्यौता रकम भुक्तानी पाएका छैनन्। किसानका अनुसार करिब ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ। उखु क्रसिङ गर्ने सिजन सुरु भयो। किसान उखु लिएर मिलमा जानुपर्ने बेला विगतको बक्यौता रकम पाउनुपर्ने माग गर्दै राजधानी आएका छन्। पोहोर काठमाडौं आएर आन्दोलन गरेपछि बक्यौता रकम पाउने आश्वासन पाएर घर फर्केका किसानले एक वर्षसम्म पनि रकम नपाएपछि फेरि आइतबारदेखि माइतीघरमा आन्दोलन सुरु गरेक...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी
काठमाडौं :  नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् ।प्यानलसहित चुनावी मैदानमा उत्रिएका किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । शेखर गोल्छापछि महासंघको नेतृत्व अब ढकालले गर्ने निश्चित भएको छ । आइतबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार ढकालले एसोसिएटमा ५२२, वस्तुगतमा ५९ तथा जिल्ला नगरमा ५२ मत पाएका छन...

नवनियुक्त अर्थमन्त्री पौडेलको पहिलो हस्ताक्षर : विश्व बैंकसँग २० करोड डलर ऋण लिने

नवनियुक्त अर्थमन्त्री पौडेलको पहिलो हस्ताक्षर :  विश्व बैंकसँग २० करोड डलर ऋण लिने
काठमाडौं :  नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले सपथलगत्तै पद सम्हालेका छन्। पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयमा विश्व बैंकसँग ऋण लिने निर्णयमा हस्ताक्षर गरेका छन्। मन्त्री पौडेलले विश्व बैंकसँग २० करोड ऋण लिने पत्रमा हस्ताक्षर गरेका हुन। उक्त रकम कोभिड–१९ को रोगथाममा प्रयोग गरिने छ।

प्रभु बैँक कुरिनटार शाखामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण भएपछि सेवा बन्द

प्रभु बैँक कुरिनटार शाखामा कार्यरत  कर्मचारीलाई कोरोना संक्रमण भएपछि  सेवा बन्द
कुरिनटार : चितवनको इच्छाकामना ४ कुरिनटारमा रहेको प्रभु बैँक कुरिनटार शाखामा कार्यरत एक कर्मचारीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको छ । चितवन मेडिकल कलेजमा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको हो । ती कर्मचारी ज्वारो आएपछि एक हप्ता अघिदेखि बैँकमा उपस्थित नभएको  बुझिएको  गाउँपालिका स्वास्थ्य शाखा सहायक प्रमुख हरिदेवकोटाले जानकारी दिनुभयो । सबै कर्मचारीको पिसिआर टेष्ट गरेर कार्यालयमा सेनिटाइजरिङ गरेपछि   बैँक खुल्ने जनाएको छ ।

आफैं मिटर रिडिङ गरी अग्रिम रुपमा महसुल भुक्तानी गरे छुट

आफैं मिटर रिडिङ गरी अग्रिम रुपमा महसुल भुक्तानी गरे छुट
काठमाडौं :  आफैं मिटर रिडिङ गरी अग्रिम रुपमा महसुल भुक्तानी गरेको खण्डमा नेपाल विद्युत् प्राधिकरणले २५ प्रतिशतसम्म छुट दिने भएको छ । प्राधिकरणले एक सार्वजनिक सूचनामार्फत जरिवानाबाट बच्न तथा समय समेत बचाउन उक्त व्यवस्था गरिएको जनाएको छ । केही दिन पहिले प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ग्राहकलाई जरिवाना नलिन निर्देशन दिनुभएको थियो । सोही निर्देशन अनुसार नै प्राधिकरणले सूचनामार्फत अग्रिम भुक्तानी गर्न र २५ प्रतिशत...

गण्डकी गाउँपालिकाको बजेट ५७ करोड ४२ लाख

गण्डकी गाउँपालिकाको बजेट  ५७ करोड ४२ लाख
भूम्लिचोक  : गोरखाको गण्डकी गाउँपालिका बजेट नीति तथा कार्यक्रम पारित भएको छ । बुधबार बसेको छैठौँ गाउँ सभाको बैठकले गाउँपालिकाको चालु आर्थिक बर्ष २०७/ र०७८ को रु ५७ करोड ४२ लाख ९९ हजार आठ सय रुपैयाँको बजेट परित गरेको गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीले जानकारी दिनुभयो । गाउँपालिकाको केन्द्र बिबादका कारण असार १० गते भित्रै सार्वजनिक गरिसक्नु पर्ने गाउँपालिकाको बजेट गाउँसभाको बैठक पटकपटक स्थगित हुदै आएपछि पारित हुन सकेको थिएन । गाउँपालिकाले ल्याएको बजेटमा संघिय सरकार बित्त...

मिरमिरे लघुवित्तको १० औं वार्षिक उत्सव : बृद्धबृद्धालाई फलफुल वितरण

मिरमिरे लघुवित्तको १० औं वार्षिक उत्सव :  बृद्धबृद्धालाई फलफुल वितरण
आँबुखैरेनी :  तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीस्थित मिरमिरे लघुवित्त वित्तिय संस्थाले आफ्नोे १० औं बार्षिक उत्सवको अवसरमा बृद्धबृद्धालाई फलफुल बितरण गरेको छ । संस्थाको १० औं बार्षिक उत्सवको अवसरमा आज९बुधबार० श्री कृष्ण प्रणामी मन्दिर आँबुखैरेनीका ९ जना बृद्धबृद्धालाई फलफुल बितरण गरिएको हो । संस्थाका शाखा प्रमुख संन्तोष बोहोरा, वरिष्ठ सहायक लक्ष्मण वगाले, सहायक माधव ढकाल, समाजसेवी शिवहरी वाग्ले, आँबुखैरेनी श्रष्टा समाजका अध्यक्ष अनिल श्रेष्ठ लगाएतको उपस्थितीमा मन्दिरका त...

बेरुजु खर्चमा रमाउदै चितवनका स्थानिय तह। इच्छाकामनाको मात्रै ७ करोड ५४ लाख रुपैया बेरुजु, ज्ञानेन्द्र साहिले गरे भण्डाफोर

बेरुजु खर्चमा रमाउदै चितवनका स्थानिय तह। इच्छाकामनाको मात्रै ७ करोड ५४ लाख रुपैया बेरुजु, ज्ञानेन्द्र साहिले गरे भण्डाफोर
कुरिनटार ३० श्रावण -भ्रष्टाचार बिरुद्धको अभियन्ताको रुपमा उदाएका `हाम्रो नेपाल हामी नेपाली´ अभियानका संयोजक ज्ञानेन्द्र साहिले चितवनका स्थानिय तहहरुको बजेट र खर्चको काहालिलाग्दो विवरण सार्वजनिक गर्दिएका छन।                                                                                                                                       सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गरिएको स्थानिय तहहरुको बजेट खर्चको विवरणले आम सर्वसाधारणमा आक्रोश र संका उत्त्पन्न गराएको छ। अभियन्ता ...