भूम्लिचोक  : गोरखाको गण्डकी गाउँपालिका बजेट नीति तथा कार्यक्रम पारित भएको छ । बुधबार बसेको छैठौँ गाउँ सभाको बैठकले गाउँपालिकाको चालु आर्थिक बर्ष २०७/ र०७८ को रु ५७ करोड ४२ लाख ९९ हजार आठ सय रुपैयाँको बजेट परित गरेको गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीले जानकारी दिनुभयो ।

गाउँपालिकाको केन्द्र बिबादका कारण असार १० गते भित्रै सार्वजनिक गरिसक्नु पर्ने गाउँपालिकाको बजेट गाउँसभाको बैठक पटकपटक स्थगित हुदै आएपछि पारित हुन सकेको थिएन । गाउँपालिकाले ल्याएको बजेटमा संघिय सरकार बित्तिय समानिकरण अनुदान तर्फ १३ करोड ४१ लाख र संघिय सरकारको शसर्त अनुदान तर्फ २४ करोड २३ लाख प्रस्ताब गरिएको छ ।

समपुरक अनुदान तर्फ एक करोड ६७ लाख अनुमान गरिएको उपाध्यक्ष अधिकारीले जानकारी दिनुभयो । बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, उर्जा बिकास, खेलकुद, बन तथा बातावरण, बिपद् ब्यवस्थापन, पर्यटन लगायतलाई प्राथमिकता दिइएको छ । गाउँपालिकाको चालु आर्थिक बर्षको कार्यक्रमाम बाँझो जमिनमा ब्यवसायिक खेती गर्नेलाई अनुदानको ब्यवस्था गर्ने, बाँदरका कारण किसानको कृषि उत्पादन ह्रास आएकाले बाँदर धपाउने यन्त्र खरिद गर्ने कार्यक्रम समेत रहेको छ ।

त्यस्तै काठेपोल बिस्थापन गर्न सहयोग पुग्ने गरी कार्यक्रम संचालन गर्ने, पर्यटन बिकास योजना बनाउने, बैकल्पिक उर्जाका कार्यक्रम संचालन गर्ने गरी बजेट बिनियोजन गरिएको छ ।