कुरिनटार ३० श्रावण -भ्रष्टाचार बिरुद्धको अभियन्ताको रुपमा उदाएका `हाम्रो नेपाल हामी नेपाली´ अभियानका संयोजक ज्ञानेन्द्र साहिले चितवनका स्थानिय तहहरुको बजेट र खर्चको काहालिलाग्दो विवरण सार्वजनिक गर्दिएका छन। सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गरिएको स्थानिय तहहरुको बजेट खर्चको विवरणले आम सर्वसाधारणमा आक्रोश र संका उत्त्पन्न गराएको छ। अभियन्ता साहिले हरेकदिन बेलुका ८ बजे सार्वजनिक गर्न थालेको विवरण अन्तर्गत आज सार्वजनिक गरिएको चितवनको केही स्थानिय तह हरुको विवरण काहालिलाग्दो रहेको छ। चितवनको ७ वटा स्थानिय तह मध्यको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ मा मात्र ७ करोड ५४ लाख रुपैया बेरुजु रकम निस्किएको छ। आर्थिक वर्ष ०७४/०७५ मा जम्मा २ करोड ५३ लाख भएको बेरुजु रकम नया आर्थिक वर्ष ०७५/७६ मा ५ करोड १ लाख पुगेको छ। त्यस्तै आर्थिक वर्ष ७५/७६ मा मात्र इच्छाकामना गाउँपालिकाले ५ करोड ५० लाख रुपैया बिना शीर्षकमा खर्च गरेको छ। जुन अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा जम्मा २ लाख मात्र थियो। त्यस्तै इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ मा कर्मचारी र जन प्रतिनिधिहरुको तलव भत्ताको लागिमात्र ३९ करोड १५ लाख चालू बजेट अन्तर्गत खर्च गरेको पाइएको अभियन्ता ज्ञानेन्द्र साहिले बताउनु भएको छ। अभियन्ता साहिले खर्च विवरण सार्वजनिक गर्ने क्रममा चितवनको भरतपुर माहानगर पालिकाले आर्थिक वर्ष ०७४/७५ तथा ०७५७६ मा ६ अर्व २२ करोड कुल बजेट मध्य ३७ करोड १२ लाख बेरुजु तथा १६ करोड बिना शिर्षक र चालू खर्च अन्तर्गत २ अर्व ९६ लाख खर्च भएको देखिएको छ। चितवनकै माडी नगरपालिकाले आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ मा कुल एक अर्व २५ करोड बजेटमा १७ करोड ३८ लाख चालू खर्च, १४ करोड ५ लाख बिना शिर्षक र २८ करोड १४ लाख बेरुजु खर्च गरेको पाइएको छ। चितवनकै रत्ननगर नगरपालिकाले पनि पछिल्लो दुई आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ मा कुल १ अर्व १ करोड बजेटमा ८५ करोड ४७ लाख चालू खर्च, बिना शिर्षक ३ करोड ५३ लाख र बेरुजु ६ करोड ८८ लाख रुपैया रहेको दाबी गरेका छन। भ्रष्टाचार बिरुद्धको अभियन्ता साहीले सार्वजनिक गरेको खर्च विवरण अनुसार प्राय स्थानिय तहले बिकासमा भन्दा चालू खर्च र बिना शिर्षक तथा बेरुजु रकम अत्याधिक गरेको पाइएकोले सबै स्थानिय तहमा चरम भ्रष्टाचार भएको आरोप समेत लगाएका छन।