बैंकले फेरि लिलामीको प्रक्रिया लग्यो लेवाटारको सिरिन हाइवे रिर्सोट डालिमा लाई ।
कुरिनटार- पारिवारिक किचलोले झन्डै झन्डै लिलामीमा चढिसकेको चितवनको कुरिनटार नजिक लेवाटारमा रहेको डालिमा केटरर्स एण्ड रिसोटर्स प्रालि बीचमा ब्याज तिरेर सामान्य अवस्थामा फर्किए पनि फेरि समस्यामा परेको छ।
सिरिन हाइवे रिर्सोट डालिमाका नामले परिचित होटल आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा फेरि समस्यामा परेको हो। गत कात्तिकमा कोभिडका बीचमा पनि ब्याज तिरेर ऋणलाई 'नियमित' गरेको थियो।
अहिले फेरि पारिवारिक कलहका कारण होटल समस्यामा पुगेको छ। बुहारीको अंश दाबीका कारण सबै सम्पत्ति रोक्...









