
कुरिनटार- नाङ्लो रेस्टुरेन्टका संस्थापक तथा रिभर साइड स्प्रीङ रिसोर्ट (आर.एस.आर.) कुरिनटारका संचालक उद्यमी श्याम सुन्दरलाल कक्षपतिको निधन भएको छ। सबै भन्दा पहिला नेपालमा फास्टफूड चेन रेष्टुराँ शुरूवात गर्ने व्यवसायी कक्षपति केही समय यता प्रतिकूल स्वास्थ्य अवस्थासँग संघर्षरत रहँदै आएका थिए। थाइल्याण्डमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ । मुखसम्बन्धी क्यान्सरको समस्याबाट पीडित कक्षपतिको झण्डै दुई महिनादेखि थाइल्याण्डमा नै उपचाररत थिए।
उनले काठमाडौमा नाङ्लो रेष्टुराँ सञ्चालनमा ल्याएका थिए। नाङ्लोले सुस्त मनस्थितिका व्यक्तिहरूलाई समेत रोजगारी प्रदान गर्ने गर्दै आएको छ।काठमाडौं उपत्यकामा फास्टफूड चेनको शुरुवात नाङ्लो रेष्टुराँमार्फत् भएको थियो।
शुभतारा स्कुलका संस्थापक समेत रहेका कक्षपतिको पत्नीसहित १ छोरा र १ छोरी छन्।