भरतपुर २५ – कृषि विकास बैंक लिमिटेड भरतपुर साखाले संस्थागत सामाजिक उत्तरदायीत्त्व अन्तरगत सामुहिक खेती गरिरहेको समूह लाई कृषि सामाग्री तथा उपकरण हस्तान्तरण गरेको छ।                                                                                               भरतपुरमहानगर पालिका वडा २५ का युवा हरु द्वारा संचालित युवा आधुनिक सामुहिक खेती फर्मका  अध्यक्ष लेखनाथ भुसालको अध्यक्षतामा तथा कृषि विकास बैंकका संचालक संजिव पौडेलको प्रमुख आतिथ्यतामा आज भरतपुर २५ मा संचालित एक कार्यक्रमका बिच बैंकले उक्त सामाग्री सामुहिक कृषि खेती फर्मलाई हस्तान्तरण गरेको हो। प्रत्यक्ष फिल्ड भ्रमण पश्चात् सामुहिक कृषि गर्दै आएका युवा हरु लाई कृषिकर्ममा थप सहजता र उत्साह बढोस भनेर  कृषिमा प्रत्यक्ष रुपले अपरिहार्य हुने १८० थान क्रेट, १८ थान स्प्रे ट्यांक र एउटा आधुनिक तराजु हस्तान्तरण गरिएको कृषि बिकास बैंकका संचालक सन्जीव पौडेलले बताउनुभयो।  साथै उहाले कृषि बिकास बैंकले कागज पुराएर आउने कृषक तथा कृषक समूहलाई  २/३ दिनमै रिण उपलब्ध गराउदै आएको पनि बताउनु भएको छ। भरतपुर २५ का युवाहरुले बिगत केही वर्ष देखि सामुहिक रुपमा ब्यबहारिक र व्यावसायिक खेती गर्दै आएका छन।