कुरिनटार-प्रधानमन्त्री केपि शर्मा ओलिले प्रतिनिधि सभा विघटन गरेपछी एकाएक आन्दोलनमा उत्रिएको सबैभन्दा ठूलो प्रतिपक्षी दल नेपाली कांग्रेसले देशै भरका स्थानिय निकाए अन्तरगत वडा हरु लक्षित गरेर बिरोध प्रदर्शन गरेको छ।

पुर्वनिर्धारित कार्यक्रम अन्तरगत चितवनको इच्छाकामना गाउँपालिकाको वडा नं. १ को हात्तिवाङ, वडा नं. २ को काउँले, वडा नं. ३ को कुरिनघाट, वडा नं. ४ को इच्छाकामना मन्दिर कुरिनटार, वडा नं. ५ को मुग्लिन बजार, वडा नं. ६ को ढुङ्ग्रे र वडा नं. ७ को पिपलटारमा विरोध प्रदर्शन गरेको छ। 
नेपाली कांग्रेसले सरकार विरुद्ध प्रदर्शनको लागि इच्छाकामनाका ७ वटै वडामा प्रतिनिधी तोकेर तयारी गरेको थियो। जस अनुसार इच्छाकामना गाउँपालिकाको वडा नं. १ मा राम बहादुर लामा, वडा नं. २ मा दिपक खनाल, वडा नं. ३ मा वासु सिलवाल, वडा नं. ४ मा मोदराज सिलवाल, वडा नं. ५ मा गीता कुमारी गुरुङ, वडा नं. ६ मा विष्णु कुवँर र वडा नं. ७ मा निलकण्ठ रिजाललाई जिम्मेवारी तोकेको थियो। 
बिरोध कार्यक्रमको बिच इच्छाकामना गाउँपालिका वडा नं. ४ मा ३८ जना नेता कार्यकर्ता नेकपा परित्यागगरि नेपाली कांग्रेस प्रवेश गरेकाछन उनीअनहरु कांग्रेसले आज कुरिनटारमा गरेको विरोध सभाबाट नेपाली कांग्रेसमा प्रवेश गरेको कांग्रेस इच्छाकामनाले जानकारी दिएको छ।




इच्छाखबर संवाददाता












