काठमाण्डौ :  आफुलाई कामै गर्न नदिएपछि बाध्य भएर संसद् विघटन गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् । सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै ओलीले आफ्नै पार्टीका केही नेताको सत्ता लोभको कारण सरकार र पार्टीलाई बन्दी बनाउने काम भएको परिणाम स्वरूप आफूले नयाँ कदम चालेको ओलीको भनाइ छ ।

सरकारले राम्रा काम गर्दा गर्दै पनि षड्यन्त्रका जाल बुनेर खेद्ने प्रयास भएकोप्रति ओलीले आपत्ति जनाएका छन् ।
ओलीले नेकपा केही नेताहरु ९नाम नलिइ० ले स्वदेश तथा विदेशमा बसेर अस्थिरता छरेको बताएका छन्। ुसरकार संविधान कार्यान्वयमा क्रियाशील भइरह्यो। तर कुनै नेताले म मुलुक बाहिर भएको बेला अस्थिरता छरे। विदेश पुगेर पनि षडयन्त्र गरेु, उनले भने, ुकेही नेताहरुले आफ्नो कुन्ठा पोखिरहे। दुई अध्यक्षबीच एकजना सरकार र पार्टीमा केन्द्रित हुने निर्णय भएपछि समस्या समाधन हुने अपेक्षा थियो। तर सरकारलाई भने राम्रोसँग चल्नै दिइएन।ु

ओलीले पार्टी घोषणापत्रको मर्म अनुसार सरकारलाई हाँक्न खोजिएको दाबी गरे।