कुरिनटार : चितवनको इच्छाकामना ४ कुरिनटारमा जारी खुल्ला नकआउट नाइन ए साईड फुटबल प्रतियोगितामा भोली सेमिफाइनलका खेलहरु हुने भएको छ । आज भएको खेलमा के ब्वाईज क्लब कुरिनटार, ब्वाईज यूनियन, मोनस्टर फेमली आँबुखैरेनी, र एपोलो मुग्लिन विजयी हुदैँ सेमिफाइनलमा प्रवेश गरेको हो ।
के ब्वाईज क्लब कुरिनटारले एस्क्याप्ड नेपाललाई ट्राइब्रेकरमा पराजित गरेको हो । यसैबिच ब्वाईज यूनियनले चुम्लिङ्गटारलाई ८–१, मोनस्टर फेमली आँबुखैरेनीले मुग्लिन एफसीलाई३–१ र एपोलो मुग्लिनले नययुवा क्लबलाई २–०ले पराजित गरेको हो ।
भोली दिउँसो २ बजे बाट खेल सुरु हुने आयोजक के ब्वाईज क्लबका अध्यक्ष डुपेन्द्र गुरुङले जानकारी दिनुभयो । पहिलो खेलमा के ब्वाई ज र मोनस्टर फेमली र दोश्रो खेलमा ब्वाइज यूनियन र एपोलो मुग्लिनबिच खेल हुने छ ।
के ब्वाईज क्लब कुरिनटारको आयोजनामा सर्वशान्ति मावि खेलकुद मैदान कुरिनटारमा जारी ‘प्रथम कुरिनटार कप २०८१ खुल्ला नकटाउन नाइन ए साईड फुटबल प्रतियोगिता इच्छाकामनामा सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिता हो । प्रतियोगिताको वागमतीका प्रदेश वन तथा वातावरणमन्त्री कृष्ण सिलवालले असोज १० गते एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभएको हो ।
प्रतियोगिताका विजेताले रु १ लाख ११ हजार १० १ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । उपविजेताले भने रु ५५ हजार ५०१ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
यसैबिच विभिन्न विद्याका उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।सर्वोत्कृष्ट खेलाडीलाई रु ३ हजार नगदसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छ ।यसैबिच उत्कृष्ट गोलकर्ता, मिड फिल्डर,डिफेन्डर, स्ट्राइकर र गोलरक्षकले रु २ हजार ५०० नगदसहित ट्रफी र प्रमाणपत्रको व्यवस्था रहेकाआयोजक के ब्वाईज क्वलब कुरिनटारका अध्यक्ष डुपेन्द्र गुरुङले जानकारी दिनुभयो । प्रतियोगिताको प्रमुख प्रायोजक इच्छाकामना गाउँपालिका र सहप्रायोजक बाबुलाल राना मगर रहनुभएकोे छ ।