कुरिनटार :  मोनस्टर फेमली आँबुखैरेनीले प्रथम कुरिनटार कप २०८१को उपाधी जितेको छ ।  पेनाल्टी सुटआउटमा ब्वाईज यूनियन इच्छाकामनालाई पराजित गरेको हो । प्रतियोगिताका विजेता मोनस्टर फेमलीले रु १ लाख ११ हजार १० १ रुपैयाँ नगदसहित ट्रफी,मेडल  र प्रमाणपत्र प्राप्त प्राप्त गरेका  छन् । उपविजेता ब्वाईज यूनियन इच्छाकामनाले भने रु ५५ हजार ५०१ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजेता टिम तथा विभिन्न विद्याका उत्कृष्ट  खेलाडीहरुलाई प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, आयोजक के ब्वाईज क्लब कुरिनटारका अध्यक्ष डुपेन्द्र गुरुङ लगायतका अतिथिहरुले  पुरस्कार प्रदान गरेका थिए ।
निर्धारित समयमा  दुई ÷दुई गोलको बराबरी  भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।  के ब्वाईज क्लब कुरिनटारको आयोजनामा  चितवनको  इच्छाकामना ४ कुरिनटारको सर्वशान्ति खेल मैदानमा सम्पन्न  ‘प्रथम कुरिनटार कप २०८१ ’खुल्ला नकटाउन नाइन ए साईड फुटबल प्रतियोगिता  इच्छाकामनामा नै सर्वाधिक राशी पुरस्कार भएको प्रतियोगिता हो ।