
गोरखा : गण्डकी गाउँपालिकामा दोस्रोे अध्यक्ष कप छात्र /छात्रा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । आज सम्पन्न प्रतियोगितामा छात्र तर्फ श्री विजया भवानी माध्यमिक विद्यालय गण्डकी–१, प्रथम भएका छन् । यसैबिच श्री ज्ञानमार्ग माध्यमिक विद्यालय द्धितिय र ताङ्लीचोक माध्यमिक विद्यालय गण्डकी २ तेश्रो भएका छन् ।
छात्रा तर्फ भने श्री भद्रकाली माध्यमिक विद्यालय गण्डकी–६ प्रथम भएका छन् । श्री रत्नेश्वर माध्यमिक विद्यालय गण्डकी ५ द्धितिय र श्री ज्ञान मार्ग माध्यमिक विद्यालय तृतिय भएका छन् ।
उत्कृट खेलाडी छात्रा तर्फ श्री भद्रकाली माध्यमिक विद्यालयकी अनिशा गुरुङ र उत्कृष्ट गोल रक्षक भद्रकाली माध्यमिक विद्यालयकी अस्मिता चेपाङ हुनु भएकोछ । उत्कृष्ट खेलाडी छात्र तर्फ विजया भवानी माध्यमिक विद्यालयका दिवस वि.क. र उत्कृष्ट गोल रक्षक श्री विजया भवानी माध्यमिक विद्यालयकै श्री मिलन राना मगर हुनुभएको छ ।
प्रतियोगितामा २२ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
गाउँपालिका अध्यक्ष दीपक तिमिल्सना साकारले पुरस्कार वितरण गर्नुभयो । कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष पहलमान बयलकोटी वडा नम्बर ८ का अध्यक्ष कोकल बहादुर पुलामी,कार्यपालिका सदस्य लक्ष्मी श्रेष्ठ, शिक्षा अधिकृत सुदिप पन्त वडा सदस्यहरु,विद्यालयका प्र.अ.हरुको उपस्थित रहेका थिए ।