कुरिनटार : मोनस्टर फेमली आँबुखैरेनी प्रथम कुरिनटार कप २०८१ को फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमीफाइनल खेलमा आयोजक के बवाईज क्लब कुरिनटारलाई ३–० ले पराजित गरेको हो ।
चितवनको इच्छाकामना ४ कुरिनटारमा जारी खुल्ला नकआउट नाइन ए साईड फुटबल प्रतियोगितामा अहिले एपोलो मुग्लिन र ब्वाईज यूनियन फिस्लिङबिच खेल जारी छ । के ब्वाईज क्लब कुरिनटारको आयोजनामा सर्वशान्ति मावि खेलकुद मैदान कुरिनटारमा जारी ‘प्रथम कुरिनटार कप २०८१ ’(खुल्ला नकटाउन नाइन ए साईड फुटबल प्रतियोगिता) इच्छाकामनामा सर्वाधिक राशी पुरस्कार राशि भएको प्रतियोगिता हो । प्रतियोगिताको वागमतीका प्रदेश वन तथा वातावरणमन्त्री कृष्ण सिलवालले असोज १० गते एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभएको हो ।
प्रतियोगिताका विजेताले रु १ लाख ११ हजार १० १ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । उपविजेताले भने रु ५५ हजार ५०१ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
यसैबिच विभिन्न विद्याका उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।सर्वोत्कृष्ट खेलाडीलाई रु ३ हजार नगदसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छ ।यसैबिच उत्कृष्ट गोलकर्ता, मिड फिल्डर,डिफेन्डर, स्ट्राइकर र गोलरक्षकले रु २ हजार ५०० नगदसहित ट्रफी र प्रमाणपत्रको व्यवस्था रहेकाआयोजक के ब्वाईज क्वलब कुरिनटारका अध्यक्ष डुपेन्द्र गुरुङले जानकारी दिनुभयो । प्रतियोगिताको प्रमुख प्रायोजक इच्छाकामना गाउँपालिका र सहप्रायोजक बाबुलाल राना मगर रहनुभएकोे छ ।