राइनाश :  शहिद लखनगाउँपालिका वडा नम्बर –४ जुग्दी राईनाश गोरखामा आज देखि दोश्रो नवस्मृति कप पुरुष भलिबल प्रतियोगिता
शुरु भएको छ । खेलाडी मान होइन सम्मान हो, खेलकुद सान होइन हाम्रो पहिचान हो, भन्ने मुल नाराका सुरु भएको पुरुष भलिबल प्रतियोगिताको आज वडा नम्बर ४ का वडाअध्यक्ष कृष्ण चेपाङले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन खेलमा आयोजक नव स्मृति क्लब बी टिम विजयी भएका छन् । नव स्मृति बीले सगरमाथा यूवा क्लबलाई लगातार दुई सेटले पराजित विजयी भएका हुन् ।
विजेता टिमले रु ५० हजार नगद ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने यसै बिच दोश्रो हुनेले क्रमश रु ३० हजार ट्रफी मेडल र प्रमाण तथा तेस्रो हुनेले २० हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेलकुद संयोजक लक्ष्मण काप्रि ले जानकारी दिनुभयो साथै प्रतियोगितामा विभिन्न विद्याका उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था रहेको संयोजक काप्रीले जानकारी दिनुभयो।उक्त प्रतियोगितामा मिडिया पार्टनरको रुपमा इच्छाकामना एफएम १०२.४ मेगाहर्ज र इच्छाखबर डटकम रहेका छन । प्रतियोगिताको विजेतालाई संघिय सांसद हरिराज अधिकारी ९कुमार०को हातबाट पुरस्कार वितरण गरिने कार्यक्रम रहेको संयोजक काप्रीले जानकारी दिनुभयो ।