चितवन : नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को गृह जिल्ला चितवनमा स्थानिय तहमा वडाको भागवण्डाको टुगंो लागेको छ । आज सम्पन्न नेकपा चितवनको दोस्रो बैठकले जिल्लाको ७ वटा स्थानिय तह यस अन्र्तगत रहेको वडामा भागवण्डा टुगो लगाएको नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार ईन्द्रजितले जानकारी दिए । जिल्लमा रहेको ९८ वडामा साविक एमाले र माआवादीले भागवण्डा गरि नेतृतव लिने सहमति भएको छ ।
जस मध्ये जिल्लाको एक मात्र महानगरमा यसअघि नै केन्द्र भरतपुरकै मेयर रेनु दाहाल ईन्चार्ज तोकेको थियो । १ सय २५ सदस्यीय महानगर कमिटीमा पूर्व एमालेको भागमा ६५ र पूर्व माओवादीको भागमा ६० जना परेको छ । भने अन्य सह ईन्चार्ज, अध्यक्ष र सचिव केहि दिनमा तोकिने नेकपा चितवनले जनाएको छ । भने महानगरको २९ वडामध्ये १५ वडा पूर्व एमाले र १४ वडा पूर्व माओवादीले नेतृत्व लिने सहमती छ ।
यस्तै रत्ननगर नगरपालिकाका १६ वडामध्ये ८/८ वडा, कालिका नगरपालिकाका ११ वडा मध्ये ६ /५, खैरहनी नगरपालिका र राप्ती नगरको १३ मध्ये ७ /६ र माडी नगरपालिकाको ९ वडा मध्ये ५ /४ एमाले र पूर्व माओवादी केन्द्रले नेतृत्व लिनेछ । र एक मात्र इच्छाकामनाका गाउँपालिकाको ७ वडामध्ये ४ पूर्व एमाले र ३ पूर्व माओवादी केन्द्रले नेतृत्व लिनेछ ।
नगर कमिटिका लागि रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा पूर्व एमालेका तर्फबाट ४३ र पूर्व माओवादी केन्द्रको तर्फबाट ३८ जना छानिनेछन् ।
यस्तै आजकै बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समिति अन्र्तगत क्षेत्र नम्बर १ र २ को प्रतिनिधि सभा क्षेत्र समन्वय समितिको संयोजक पूर्व एमालेको भागमा र क्षेत्र नम्वर ३ पूर्व माओवादी केन्द्रको भागमा दिने सहमति गरेका छन् ।
यस्तै प्रदेश सभा क्षेत्र समन्वय समिति अन्तर्गत चितवन १ (क) मा पूर्व माओवादी केन्द्र, १ (ख)मा पूर्व एमालेको संयोजक तोकिने छ । यस्तै २ (क) मा पूर्व माओवादी,२(ख)मा पूर्व एमोले र ३ (क)मा पूर्व एमाले र ३ (ख)मा पूर्व माओवादीको भागमा परेको नेकपाले जनाएको छ ।
नेकपामा छिटै जिल्लामा टुंगो लगाउन बाँकी स्थानिय तहका सबै इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, सचिव, जिल्ला पार्टी कार्यालय, सचिवालय, विभिन्न विभाग, र जनवर्गिय संगठनको समेत नेतृत्वका नाम सार्वजनिक गर्ने जनाएको छ ।