काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले घर भाडामा लिएको घरबेटीको निधन भएको छ । घरधनी तारानाथ अधिकारीको सोमबार ‘हृदयघात’ का कारण निधन भएको हो ।
पत्रकार शालिकराम पुडासैनीको काण्डलाई लिएर दिनदिनै घर खानतलासी गर्न थालेपछि छोरिको घरमा बस्दै आएका ९० वर्षीय घरबेटी तारानाथको ‘हृदयघातका कारण निधन भएको परिवारले आरोप लगाएका छन ।
परिवारका अनुसार पत्रकार शालिकराम पुडासैनी केशका कारण घरमा खानतलासीका लागि प्रहरी आउन थालेपछि उनि ससंकित थिए। त्यसैले हृदयघातका कारण निधन भएको जनाइएको छ ।
अधिकारी छोरी गोमा न्यौपानेको घरमा बस्दै आएका थिए । उनलाई सोमबार साँझ हृदयघात भएको जनाइएको छ । पत्रकार शालिकराम पुडासैनीले उक्त घरमा प्रेमिकालाई भेट्न कोठा भाडामा लिएका थिए ।