धादिङ ,

धादिङको गजुरी गाउँपालिका वडा नं.४ गैरीगाँउमा लगाईएको अवैध गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारको कमाण्डमा ४१ जना प्रहरी टोलीले गजुरीको वडा नं.४ स्थित गैरीगाउँमा गएर गाँजा खेती नष्ट गरेको हो । गैरीगाँउको करीव २ सय ५० रोपनी जमिनमा लगाईएको अवैध गाँजा खेती फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रबक्ता तथा सुचना अधिकारी भोलामान सिंह अधिकारीले जानकारी दिनुभयो ।

 

तस्बिर:सामाजिक संजाल