साउन २४ चितवन ,(इच्छाखबर मनोरन्जन डेक्स )

चितवनकी नबोदित शब्द संकलक बिमला अधिकारिको शब्दमा रहेको तिज गित (सितारा भरेको साडिमा समझना राखे है मायाले ,सिरमा श्रीबन्दी गलामा पोते समझना राखेहै मायाले) रेकर्डिङ अमेरिकामा भयको छ । नेपाली हिन्दू नारी हरुको महान चाड हरितालिका तिज नजिकै गर्दा सयौ तिज गित हरुको माझ श्रोता दर्सक बिच फरकपन अनुभुत गराउन अमेरिकामै रहनुभयकी गायिका लक्ष्मी खरेलको स्वर र अर्का चर्चित गितकार नरेन्द्र प्यासीको संगित मा बिमला अधिकारिको शब्द रहेको पहिलो तिज गित अमेरिकामा रेकर्डिङ गरियको हो । साथै रेकर्डिङ स्टुडियो उद्घाट्न समेत रहेको उक्त गितको शुटिङ समेत अमेरिकामै यही सनिबार हुनेछ ।पछिल्लो समय साहित्य क्षेत्रमा सक्रीय सर्जक बिमला अधिकारीको यो तिज गित भन्दा पहिले पनि सपना अधिकारिको स्वर र सागर सरद अधिकारी को संगितमा (नियालेर हेर प्रीया प्रीया तिम्रै अधर मा छु) बोल को गित त्यस्तै लालकाजी श्रेष्ठको स्वर र संगितमा गजल (जता स्वार्थ फुल्छ उतै सर्ने मान्छे तिमी) मा उहाको शब्द समेटिसकेको थियो ।  हिजो मात्र नबिना तिवारिको स्वर र सुनिल धितालको संगितमा (चाहेको छु तिमीलाई आउन वरवर) बोल को आधुनिक गितमा समेत उहाको शब्द समेटियको छ । जुन गित केहि समय पछी बजारमा आउने छ । सानै उमेर देखी साहित्यमा रुची राख्ने सर्जक अधिकारी बैदेशिक रोजगारमा हुँदा देखी नै साहित्य सिर्जनामा अति ब्यस्त हुनुहुन्थ्यो र बैदेशिक रोजगार बाट फर्के पछी आफ्ना सिर्जना लाई जिबन्त गर्ने क्रम मा थुप्रै गित गजलमा आफ्ना सब्द पस्कदै हुनुहुन्छ । साथै उहा गित संगीत संगै (मनको किनारा) नामक मुक्तक संग्रह प्रकासन को तयारीमा समेत हुनुहुन्छ ।