इच्छाकामनामा भ्रष्टाचार नियन्त्रण एंव सुशासन प्रवद्र्धनमा सहकार्य बिषयक पालिका स्तरीय अन्तरकृया कार्यक्रम सम्पन्न
इच्छाकामना : चितवनको इच्छाकामनामा ‘भ्रष्टाचार नियन्त्रण एंव सुशासन प्रवद्र्धनमा सहकार्य ’ बिषयक पालिका स्तरीय अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाको आयोजनामा चितवनको इच्छाकामना ४ कुरिनटारमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अख्तियार दुरुपोग अनुसन्धान आयोगको कार्यालय हेटौडाका कार्यालय प्रमुख सह–सचिव नरहरि घिमिरे र मोहन दत्त भट्टले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकारसँगै पालिका तथा जिल्लाबाट अख्ति...









