Banner News

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा शीर्ष नेताहरूलाई बुझाउँदै

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा शीर्ष नेताहरूलाई बुझाउँदै
काठमाडौं :  आज सत्तारुढ पार्टीहरूको कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रमको प्रस्तावित मस्यौदा शीर्ष नेताहरूलाई बुझाउने भएको छ। शुक्रबार अन्तिम रूप दिइएको मस्यौदा शनिबार दिउँसो शीर्ष नेता समक्ष पेश गर्ने कार्यदल सदस्य तथा राप्रपा महामन्त्री धवलशमशेर राणाले जानकारी दिए। नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा रहेको कार्यदलले सत्तारुढ पार्टीका घोषणा पत्रमा समावेश एजेण्डा समेटेर न्यूनतम साझा कार्यक्रम तयार गरेको छ। कार्यक्रमा...

आजदेखि चरा गणना सुरु

आजदेखि चरा गणना सुरु
चितवन  :  आजदेखि चरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो । गणनामा तीन सय ५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको चरा गणनाका राष्ट्रिय संयोजक डा हेमसागर बरालले जानकारी दिए । उनका अनुसार तीन हप्ता चरा गणनाको काम हुनेछ । गणनाको क्षेत्र विस्तार हुँदै जाँदा पनि चराको सङ्ख्या बर्सेनि घट्दै जानु चिन्ताको विषय भएको उनले बताए । चराको गुणस्तर बासस्थानको अभाव, बास...

पृथ्वी जयन्तीको दिन विदा दिने

पृथ्वी जयन्तीको दिन विदा दिने
काठमाडौं : सरकारले पुस २७ गते पृथ्वी जयन्तीको दिन विदा दिने भएको छ। अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले मस्यौदा गरेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा पृथ्वी जयन्तीमा बिदा दिने उल्लेख छ। यद्यपि यसलाई शीर्ष नेताहरूले आधिकारिकता दिन बाँकी छ। सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको मस्यौदाको पृष्ट ११ मा ‘पर्यटन संस्कृति सामाजिक सद्भाव र राष्ट्रिय एकता’ शीर्षकमा ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीको दिन पुस २७ गते सार्वजनिक बि...

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु, १८ जना घाइते

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु, १८ जना घाइते
पाल्पा :  पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने पुग्नै लाग्दा राति साढे ९ बजे मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना भएको हो । ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुर्साने गाउँका ६ जना महिलाको ज्यान गएको छ। दर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री, दानकुमारी खत्री र गुनी गाहाको ज्यान गएक...

मनकामना केबलकार नियमित सञ्चालन

मनकामना केबलकार नियमित सञ्चालन
कुरिनटार :  मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ। विद्युत आपुर्तिमा भइरहने समस्याका कारण प्यानलमा क्षति पुग्दा पुस १० गते साँझदेखि अवरुद्ध भएको केबुलकार सेवा आज शुक्रबारदेखि नियमित सञ्चालनमा आएको हो । हालै नयाँ प्यानल प्रतिस्थापन गरि आजबाट नियमित सञ्चालनमा ल्याइएको मनकामना दर्शन प्रा.लिले जनाएको छ । निर्माण कम्पनी अष्ट्रियाबाट सिस्टम प्यानल मगाउनुपर्ने भएकोले केही दिन सेवा अवरुद्ध हुन पुगेको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ । आज विहान ८ बजेबाट नियमित यात्रुलाई सेवा दिन सु...

भरतपुरस्थित शवगृहबाट मृतकले लगाएको ब्रास्लेट चोर्ने सुरक्षागार्ड प्रहरी नियन्त्रणमा ।

भरतपुरस्थित शवगृहबाट मृतकले लगाएको ब्रास्लेट चोर्ने सुरक्षागार्ड प्रहरी नियन्त्रणमा ।
कुरिनटार-सवारी दुर्घटनामा ज्यान गुमाएकमा मृतकले लगाएको सुनको ब्रास्लेट सबगृहबाट चोरी गर्ने भरतपुर हस्पिटलका सुरक्षा गार्ड कृष्ण राइलाई चितवन प्रहरिले नियन्त्रणमा लिगेको छ।                                                                                            गत पौष १७ गते  चितवनको भरतपुर २९ केरावारीमा ना ५६ ख ३३१२ नं. को ट्रकले बागमति प्रदेश ०३-००३ प ६५७४ नं.को मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक  तनहुँ भानु न.पा. वडा नं. २ घर भई हाल  चितवन भरतपुर म.न.पा.वडा नं. १ बस्न...

चितवन महोत्सव उद्घाटन गर्न अर्थमन्त्री पौडेल आउने

चितवन महोत्सव उद्घाटन गर्न अर्थमन्त्री पौडेल आउने
चितवन, १९ पुस । चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा आयोजना हुन लागेको १४औँ संस्करणको चितवन महोत्सवको उद्घाटन गर्न नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेल आउने भएका छन् । महोत्सव आयोजक संस्था उद्योग वाणिज्य संघ चितवनले आज नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुस २५ गते अर्थमन्त्री पौडेलले महोत्सवको उद्घाटन गर्ने जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष चुननारायण श्रेष्ठले चितवनको पहिचान, यहाँको बहुआयामिक विविधता, पर्यापर्यटन र आन्तरिक तथा बाह्य पर्यटनको उत...

अब कुनै पनि बालबालिका चिसोबाट प्रभावित हुन पर्दैन : उपप्रमुख अधिकारी

अब कुनै पनि बालबालिका चिसोबाट प्रभावित हुन पर्दैन : उपप्रमुख अधिकारी
आशिष अधिकारी भरतपुर : भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत सोमबार भरतपुर–२१ का बालबालिकाहरुलार्इ न्यानो कपडा वितरण गरेको छ । भरतपुर–२१ रगिलामा रहेको आधारभूत विद्यालय रगिला र राष्ट्रिय प्राथमिक विद्यालय सीतापुर स्कुलमा पुगेर न्यानो कपडा वितरण गरिएको महानगरपालिकाले जनाएको छ । आधारभूत विद्यालय रगिलामा ८१ जनालाई र राष्ट्रिय प्राथमिक विद्यालय सीतापुरका २८ जना बालबालिकाललाई न्यानो कपडा वितरण गरिएको हो । ‘मेयरसँग बालबालिका कार्यक्रम मूलतः बालविकास देखि कक्षा ...

कालिका नगर अस्पतालले भिडियो एक्सरे सेवा दिन थाल्यो

कालिका नगर अस्पतालले भिडियो एक्सरे सेवा दिन थाल्यो
कालिका  :  कालिका नगर अस्पतालले भिडियो एक्सरे सेवा सुरु गरेको छ । अहिले तत्कालका लागि दुई दिन (आइतवार र विहीवार) अस्पतालले भिडियो एक्सरे सेवा दिने अस्पतालले जनाएको छ । यो सेवा हिजोदेखि सुरु गरिएको हो । हिजो पहिलो दिन सातजनाको एक्सरे गरिएको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो । अस्पताल नगरपालिकाकै मातहतमा संचालनमा छ । चौविसैघण्टा सेवा दिँदै आएको अस्पतालले आफ्ना अन्यसेवालाई समेत प्रभावकारी बनाउने योजनाका साथ अघि बढिरहेको छ । हाल ५ जना चिकित्सक र दुईजना स्टाफनर्स अस्पताल...

कालिका नगरपालिकाद्वारा पत्रकारको दुर्घटना बीमा

कालिका नगरपालिकाद्वारा पत्रकारको दुर्घटना बीमा
चितवन :  चितवनको कालिका नगरपालिकाले नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यहरुको रु १० लाखको दुर्घटना बीमा गर्ने भएको छ । नगरपालिका र महासंघबीच दुर्घटना बीमा सम्बन्धी सम्झौतापत्रमा आज एक कार्यक्रमकाबीच हस्ताक्षर गरिएको छ । नगरप्रमुख विनोद रेग्मी र महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नगरपालिकाले पत्रकार सामुहिक दुर्घटना बीमा कार्यविधि २०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेर आज महासंघसँग सम्झौता गरेको हो । आगामी दिनहरुमा...