महिला एशिया कप क्रिकेटमा नेपालकाे ऐतिहासिक जीत, यूएई ६ विकेटले पराजित
काठमाडौँ : एसीसी वुमन्स एशिया कप क्रिकेटअन्तर्गत आज भएको आफ्नो पहिलो खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको छ। नेपालले ३ ओभर ५ बल खेल्न बाँकी रहँदै ४ विकेटको क्षतिमा ११८ रन बनाएर खेल जित्यो।
नेपालका लागि सम्झना खड्काले धुवाँधार ब्याटिङ गर्दै अर्धशतक बनाइन्। उनले ३५ बलमा अविजित ७२ रन बनाइन्। उनले ११ चौका प्रहार गरिन्।
टी-२० अन्तरराष्ट्रियमा यो सम्झनाको पहिलो अर्धशतक हो भने नेपाली महिला खेलाडीको सर्वाधिक स्कोर पनि हो। अर्को छेउमा ७ बल खेल्दै ७ रन बनाएर पूजा महतो अवि...







