चितवन : चितवनमा प्रस्तावित रेलमार्गको अवलोकन गर्न आएको टोलीमाथि स्थानीयले आक्रमण गरेका छन्। भरतपुर महानगरपालिका – ७ स्थित नगर प्लटिङमा प्रस्तावित रेलमार्गको अध्ययन गर्न आएको टोलीमाथि स्थानीयले आक्रमण गरी उनीहरू चढेको गाडीमा समेत आगो लगाइदिएका छन्।स्थानीयले बागमती प्रदेश ०१,०३० च ७१९० नम्बरको गाडीमा आगजनी गरेका हुन्। बाक्लो बस्तीमा रेगमार्ग बनाउन थालेको भन्दै विरोधमा उत्रिएका स्थानीयहरूले गाडीमा आगो लगाइदिएका हुन्।
इच्छाखबर संवाददाता












